बुटवलमा सरकारी भवनमा पहिलोपटक वास्तु परीक्षण, ज्योतिष तथा वास्तुबिद् हाकिम सम्राटको मार्गदर्शन

बुटवलमा सरकारी भवनमा पहिलोपटक वास्तु परीक्षण, ज्योतिष तथा वास्तुबिद् हाकिम सम्राटको मार्गदर्शन

ram naam satya

बुटवलमा ज्योतिष तथा वास्तु परामर्शका लागि पुगेका ज्योतिषी प्रेमबहादुर मल्ल ‘हाकिम सम्राट’ ले देवदह नगरपालिकाका विभिन्न सार्वजनिक भवनहरूको ज्योतिष तथा वास्तुशास्त्र अनुसार अवलोकन तथा मार्गदर्शन गरेका छन्। सम्भवतः कुनै पनि सरकारी निकायका भवनहरूको पहिलो पटक वास्तु हेरिएको हुन सक्छ। प्रेमबहादुर मल्ल ‘हाकिम सम्राट’ ले साना–साना सुधारबाटै नगर र देश निर्माण गर्न सकिन्छ भन्ने सोचका साथ काम गरिरहेका छन्। पुस ५ गतेदेखि ८ गतेसम्म बुटवलमा ज्योतिष तथा वास्तु परामर्शका कार्यक्रम तय भएको थियो ।

उनले सोही क्रममा देवदह नगरपालिकाका संरचनाहरू अवलोकन गर्ने प्रस्ताव राखेका थिए, जुन प्रस्तावलाई वडा तथा नगरपालिकाले सकारात्मक रूपमा ग्रहण गर्यो । जहा नगर अस्पतालको वास्तु निरीक्षण गरी ऊर्जा प्रवाह, संरचनागत प्रभाव र सुधारका उपायहरू ज्यो. मल्लले सुझाव दिए । त्यसपछि देवदह नगरपालिकाकै केरवानी माध्यमिक विद्यालयको संरचना, कक्षाकोठाको दिशा र ऊर्जात्मक सन्तुलन अध्ययन गरी विद्यार्थीको अध्ययन क्षमता बढाउने विषयमा विद्यालय प्रशासनसँग छलफल समेत गरेको बिद्यायलयका प्रधानाध्यापक निर्मल ढुंगानाले बताए । यसै बिच ज्यो. मल्लले देवदह नगरपालिका वडा नम्बर ५ को कार्यालय तथा देवदह नगरपालिकाको भवनको निरीक्षण गरी दिशागत त्रुटि, ऊर्जा असन्तुलन र निवारणका उपायहरू बताएको वडा अध्यक्ष गणेश डुम्रेले बताए । नगरपालिकाले उक्त सुझावहरू कार्यान्वयन गर्ने प्रतिबद्धता जनाएको छ । ज्योतिषी प्रेमबहादुर मल्ल (हाकिम सम्राट) ले यी सबै कार्य निःशुल्क गरेका हुन्। उनले सामाजिक उत्तरदायित्वका रूपमा यस्ता काम आगामी दिनमा पनि निरन्तर गर्ने बताएका छन् ।

Leave a Comment

Comments

No comments yet. Why don’t you start the discussion?

Leave a Reply

Your email address will not be published. Required fields are marked *