अमेरिकाको ब्राउन युनिभर्सिटीमा गोलीबारी : दुई विद्याथीको मृत्यु, नौ घाइते

अमेरिकाको ब्राउन युनिभर्सिटीमा गोलीबारी : दुई विद्याथीको मृत्यु, नौ घाइते

ram naam satya

काठमाडौँ : अमेरिकाको रोड आइल्यान्ड राज्यस्थित ब्राउन युनिभर्सिटीमा भएको गोलीबारीमा दुईजना विद्यार्थीको मृत्यु भएको छ ।

अमेरिकाको रोड आइल्याण्डको प्रोभिडेन्सका सहरका मेयर ब्रेट स्माइलीले ब्राउन युनिभर्सिटीको क्याम्पसमा सक्रिय बन्दुकधारीले गोली चलाउँदा अन्य नौ जना घाइते भएका छन् ।

अल जजिराका अनुसार शनिबार परीक्षा चलिरहेको बेला संयुक्त राज्य अमेरिकाको आइभी लिग क्याम्पसमा गोलीबारी सुरु भएको थियो ।

घाइतेहरूको अस्पतालमा उपचार भइरहेको र उनीहरूको अवस्था स्थिर रहेको बताइएको छ ।

रोड आइल्याण्डका अधिकारीहरूका अनुसार सन्दिग्ध अझै फरार छन् । अभियुक्तले कालो कपडा लगाएका थिए र उनीहरु घटनास्थलबाट पैदलै निस्केका थिए । यद्यपि अझैसम्म कुनै हतियार बरामद नभएको अल जजिराले उल्लेख गरेको छ ।

अल जजिरा

Leave a Comment

Comments

No comments yet. Why don’t you start the discussion?

Leave a Reply

Your email address will not be published. Required fields are marked *