अमेरिकाका विभिन्न शहरहरूमा विरोध प्रदर्शन

अमेरिकाका विभिन्न शहरहरूमा विरोध प्रदर्शन

ram naam satya

न्यूयोर्क, लस एञ्जेलस, वाशिङ्टन र शिकागोसहित अमेरिका भरिका धेरै शहरहरूमा अक्टोबर १८ मा विरोध प्रदर्शनहरू सम्पन्न भए। प्रदर्शनकारीहरूले आप्रवासीहरूमाथि हिंसात्मक आक्रमण, जबरजस्ती नेशनल गार्ड्सलाई शहरहरूमा पठाउने निर्णय र सीमा शुल्क वृद्धि विरुद्ध विरोध जनाए। आयोजकहरूको भनाइअनुसार प्रदर्शनमा सहभागीहरूको संख्या लाखौंभन्दा बढी थियो।

 

न्यूयोर्कमा एक लाखभन्दा बढी मानिसहरूले प्रदर्शनमा भाग लिए। स्थानीय प्रहरीले विरोध प्रदर्शन शान्तिपूर्ण रूपमा सम्पन्न भयो र कुनै पनि प्रदर्शनकारीलाई पक्राउ गरिएको छैन।

 

यस प्रदर्शनमा सहभागी म्यानहट्टनका नागरिक डेवी काबोनियाले, “अमेरिकी कृषि उत्पादन अब विदेशमा बिक्री हुन सक्दैनन्, किसानहरू दिवालिया बन्दै गएका छन्। वस्तुहरूको मूल्य तीव्र गतिमा बढिरहेको छ। अवस्था अत्यन्तै खराब छ।”

 

क्यालिफोर्नियाको सान डिएगोमा २५ हजारभन्दा बढी मानिसहरूले विरोध प्रदर्शनमा भाग लिए। उनीहरूले अमेरिकी सरकारको आप्रवासन, स्वास्थ्य, शिक्षा र व्यापार नीतिको विरोध गरे।

 

आयोजकहरूका अनुसार अमेरिका भरका लाखौं नागरिकहरूले २७०० भन्दा बढी शहर र सहर–बजारहरूमा शान्तिपूर्ण विरोध प्रदर्शनहरूमा सहभागिता जनाए। CRI

 

Leave a Comment

Comments

No comments yet. Why don’t you start the discussion?

Leave a Reply

Your email address will not be published. Required fields are marked *