

अमेरिकी फेडरल रिजर्भ सिस्टमका बोर्ड अफ गभर्नर्सले अक्टोबर १५ मा जारी गरेको प्रतिवेदन अनुसार, अतिरिक्त सुल्क (टैरिफ) लगाइएकाले सबै फेडरल रिजर्भ क्षेत्रहरूमा सेप्टेम्बरको सुरुदेखि अक्टोबरको मध्यसम्म वस्तुहरूको मूल्य निरन्तर बढ्दै गएको छ।
प्रतिवेदनमा सेप्टेम्बरको सुरुदेखि अक्टोबरको मध्यसम्म आयात लागतमा वृद्धिसँगै बीमा, स्वास्थ्य सेवा तथा प्रविधिसम्बन्धी सेवाहरूको खर्च बढेकाले धेरै फेडरल रिजर्भ क्षेत्रहरूमा उत्पादनका इनपुट लागत तीव्र गतिमा बढेका छन्। केही उत्पादन तथा खुद्रा कम्पनीहरूले बढेको आयात लागतको सम्पूर्ण भार उपभोक्तामाथि नै थोपरेका छन्।

धेरै फेडरल रिजर्भ क्षेत्रहरूको प्रतिवेदनमा बढ्दो आर्थिक अनिश्चितताले आर्थिक गतिविधिहरू सुस्त पार्नेछ। केही क्षेत्रीय प्रतिवेदनहरूमा स्पष्ट रूपमा उल्लेख गरिएको छ, यदि सरकार लामो समयका लागि बन्द (शटडाउन) रह्यो भने आर्थिक वृद्धिका लागि नकारात्मक जोखिम हुनेछ।

त्यसैगरी, अधिकांश फेडरल रिजर्भ क्षेत्रहरूले कमजोर माग, बढ्दो आर्थिक अनिश्चितता र कृत्रिम बुद्धिमत्ता प्रविधिमा बढ्दो लगानीका कारण धेरै नियोक्ताहरूले कर्मचारी कटौती र छँटनी गरिरहेका छन्। साथै, हालसालै आव्रजन नीतिमा भएका परिवर्तनका कारण होटल, कृषि, निर्माण र उत्पादन उद्योगहरूमा श्रम आपूर्तिको कमी देखा परिरहेको छ।

सेप्टेम्बर १६ सम्म आइपुग्दा सबै विश्वव्यापी उत्पादनहरूमा अमेरिकाको भारित औसत सुल्क दर १७.९ प्रतिशत पुगेको छ, जुन वर्षको सुरुवातमा रहेको २.४४ प्रतिशतभन्दा धेरै बढी हो। CRI

