सी चिनफिङद्वारा सिमसारसम्बन्धी महासन्धिको १४औँ सम्मेलनको उद्घाटन समारोहलाई सम्बोधन

सी चिनफिङद्वारा सिमसारसम्बन्धी महासन्धिको १४औँ सम्मेलनको उद्घाटन समारोहलाई सम्बोधन

Mahabhoj

नोभेम्बर ५ तारिख दिउँसो चिनियाँ राष्ट्राध्यक्ष सी चिन फिङले वुहानमा भएको सिमसारसम्बन्धी महासन्धिको १४ औँ सम्मेलनको उद्घाटन समारोहमा भिडियोमार्फत सम्बोधन गर्नुभयो। “सिमसारको सम्मान गर्दै सिमसारको विश्वव्यापी संरक्षण प्रवर्द्धन” शीर्षकमा उहाँले सम्बोधन गर्नु भएको हो।

सी चिन फिङका अनुसार प्राचीन कालदेखि नै मानिस पानीसँग बस्दै आएको, पानीबाटै सभ्यताको जन्म भएको र मानवीय उत्पादन तथा जीवन सिमसारसँग नजिक रहेको छ। हामीले समझदारीलाई गहन बनाउन, सहयोगलाई बलियो बनाउन र सिमसार संरक्षणमा विश्वव्यापी कार्यलाई संयुक्त रूपमा प्रवर्द्धन गर्न आवश्यक छ। सिमसार संरक्षणमा चीनले ऐतिहासिक उपलब्धि हासिल गरेको छ। चीनले मानव र प्रकृतिबीचको सामंजस्यपूर्ण सहअस्तित्वको आधुनिकीकरण र सिमसार संरक्षणको उच्च गुणस्तरीय विकासलाई प्रवर्द्धन गर्नेछ। चीनले अन्तर्राष्ट्रिय आदानप्रदान र सहयोगलाई प्रवर्द्धन गर्नुका साथै चीनको शनचनमा “अन्तर्राष्ट्रिय म्यानग्रोभ सेन्टर” स्थापना गर्ने र विश्वव्यापी कोस्टल फोरमको आयोजनालाई समर्थन गर्नेछ। जसबाट विश्वव्यापी सिमसार संरक्षणमा नयाँ अध्याय लेख्न सकिन्छ।

(cri)

 

Comments

No comments yet. Why don’t you start the discussion?

Leave a Reply

Your email address will not be published. Required fields are marked *