३१ औं अरब लिग शिखर सम्मेलनमा सिद्वारा बधाई 

३१ औं अरब लिग शिखर सम्मेलनमा सिद्वारा बधाई 

Mahabhoj

बेइजिङ, १६ कात्तिक :

चीनका राष्ट्रपति सी चिनफिङले मङ्गलबार अल्जेरियाका राष्ट्रपति अब्देलमाजिद तोबोनोलाई अरब लिग शिखर सम्मेलनको बधाई दिनुभएको छ ।अरब लिगको सम्मेलन अल्जेरियाको राजधानी अल्जियर्स्मा मङ्गलबार साँझदेखि सुरु भएको छ । अरब लिगको ३१ औँ शिखर सम्मेलन अवसरमा सिले बधाई सन्देश पठाउनुभएको हो ।

अरब लिगले मध्यपूर्वमा शान्ति र स्थायित्व कायम गर्दै बहुपक्षीयता र विकासोन्मुख देशहरूको साझा हितको रक्षाका लागि निरन्तर प्रयास गरिरहेको उहाँले बताउनु भएको छ । चिनियाँ राष्ट्रपतिले अरब देशहरुबीचको ऐक्यबद्धतालाई सुदृढ गर्न अल्जेरियाको दीर्घकालीन प्रतिबद्धता, विकासशील देशहरुको वैधानिक अधिकार र हितको रक्षा गर्नको लागि सक्रिय भूमिकाको प्रशंसा गर्नुभएको छ ।

ट्युनिसियाका राष्ट्रपति काइस साइदले अरब लिगको अध्यक्षता गरिरहनुभएको थियो । मङ्गलबार साँझ अल्जियर्स्मा सो सम्मेलन सुरु भएपछि त्यसको अध्यक्षता उहाँले अल्जेरियाका राष्ट्रपति अब्देलमाजिद तोबेनोलाई हस्तान्तरण गर्नुभएको थियो ।

(रासस/सिन्ह्वा)

Mahabhoj

Comments

No comments yet. Why don’t you start the discussion?

Leave a Reply

Your email address will not be published. Required fields are marked *