पोखरिया अस्पतालमा जनशक्तिको अभाव

पोखरिया अस्पतालमा जनशक्तिको अभाव

वीरगञ्ज, २४ साउन:

पोखरिया नगरपालिकाले आफ्नो मातहतमा रहेको पोखरिया अस्पतालको सेवा सुविधा तथा भौतिक पूर्वाधार सुधार गर्न विभिन्न काम अघि बढाएको छ ।

१५ शय्याको अस्पताललाई सेवा सुधार गर्न नगरपालिकाले अस्पतालसँग सहकार्य गरी काम अघि बढाएको पोखरिया नगर प्रमुख प्रदुमन चौहानले जानकारी दिनुभयो । उहाँका अनुसार अस्पतालमा आवश्यक जनशक्ति व्यस्थापन, भौतिक पूर्वाधार र अन्य प्राविधिक व्यवस्थापकीय काम अघि बढाइएको हो ।

अस्पतालका मेडिकल सुपरिटेण्डेन्ट डा सञ्जय गुप्ताले अस्पतालको भवनबाट वर्षायाममा पानी चुहिने समस्या, आवश्यक प्रयोगशाला तथा जनशक्तिको अभाव रहेको बताउनुभयो । नगरप्रमुख चौहानले अस्पतालमा देखिएका विभिन्न समस्या समयमै सामाधान गरिने जानकारी दिनुभयो ।

(रासस)

Comments

No comments yet. Why don’t you start the discussion?

Leave a Reply

Your email address will not be published. Required fields are marked *