अवैध काठसहित ट्र्याक्टर चालक पक्राउ   

अवैध काठसहित ट्र्याक्टर चालक पक्राउ   

अर्घाखाँची, १३ साउन :

अर्घाखाँचीको भूमिकास्थान नगरपालिकामा अवैध काठसहित ट्र्याक्टर चालक पक्राउ परेका छन् ।

भूमिकास्थान नगरपालिका–६ खिल्जीको माछामारेमा ६६.४८ क्युफिट सालको काठसहित, लु३त ३९६९ नम्बरको ट्र्याक्टरका चालक २७ वर्षीय विनोद परियारलाई प्रहरीले पक्राउ गरेको हो । जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक अमरबहादुर थापाका अनुसार जिल्ला प्रहरी र प्रहरीचौकी खिल्जीको संयुक्त टोलीले जाँच गर्दा अवैध काठ फेला परेको हो ।

काठसहित चालक परियारलाई कारबाहीका लागि डिभिजन वन कार्यालयमा बुझाइएको प्रमुख थापाले जानकारी दिनुभयो ।

(रासस)

Comments

No comments yet. Why don’t you start the discussion?

Leave a Reply

Your email address will not be published. Required fields are marked *