फरार दुईजना रकमसहित पक्राउ   

फरार दुईजना रकमसहित पक्राउ   

धनुषा, १३ साउन :
जनकपुरधामबाट दिउँसै एक महिलाको रु दुई लाख लुटेर फरार भएका दुईजनालाई बिहीबार प्रहरीले पक्राउ गरेको छ ।

धनुषाका प्रहरी उपरीक्षक वसन्त रजौरेका अनुसार पक्राउ पर्नेमा लक्ष्मीनियाँ गाउँपालिका–७ का २० वर्षीय जीतेन्द्रप्रसाद साह र २१ वर्षीय दीपेन्द्र मण्डल रहेका छन् । विदेशबाट पठाएको रु दुई लाख गत सोमबार मिल्स एरियास्थित एभरेष्ट बैंकबाट झिकेर फर्किदै गरेकी सबैला नगरपालिका–४ घर भई हाल जनकपुरधाम उपमहानगरपालिका–१ मा बस्दै आएकी शर्मिला देवीको साथबाट रकम लुटेर उनीहरु फरार भएका थिए ।

प्रहरीले जीतेन्द्रको साथबाट लुटिएको मोबाइल र रु ५४ हजार नगद तथा दीपेन्द्रको साथबाट रु ७८ हजार बरामद गरेको छ । दुवैजनाले रकम लुटेपछि भागबण्डा गरेका थिए । धनुषा प्रहरीले उनीहरुको साथबाट प्रदेश २–०२–००५ प ८५ नम्बरको मोटरसाइकलसमेत बरामद गरेको छ ।

(रासस)

Comments

No comments yet. Why don’t you start the discussion?

Leave a Reply

Your email address will not be published. Required fields are marked *