छोटो अवधिमा नै आफ्नो पार्टीको पक्षमा आकर्षण बढेर गएको दावी

छोटो अवधिमा नै आफ्नो पार्टीको पक्षमा आकर्षण बढेर गएको दावी

राप्रपा नेपालका अध्यक्ष कमल थापाले छोटो अवधिमा नै आफ्नो पार्टीको पक्षमा आकर्षण बढेर गएको दावी गर्नुभएको छ ।

शनिबार काठमाडौंमा आयोजित पार्टी प्रवेश कार्यक्रममा थापाले मुुलुकको कान्छो पार्टी भएपनि राप्रपा नेपालप्रति आम नागरिकको आकर्षण बढ्दै गएको दावी गर्नुभएको हो । थापाले बुद्धिजिबी र नागरिक समाजमा पनि पार्टी प्रति उत्सुकता र चासो देखिएको भन्दै यसले राप्रपा नेपालको उज्वल भविष्यको संकेत गर्ने तर्क गर्नुभयो । राप्रपा नेपाललाई राष्ट्रवादी पार्टी बनाउन लागेको र सनातन हिन्दु राष्ट्र स्थापना गर्ने लक्ष्यका साथ अघि बढ्ने उहाको भनाई छ ।

कार्यक्रममा नेकपा मालेका पोलिट्व्युरो सदस्य कुमार श्रेष्ठ नेतृत्वको टोलीलाई अध्यक्ष थापाले राप्रपा नेपालमा समायोजन गराउनुभएको थियो ।

 

Comments

No comments yet. Why don’t you start the discussion?

Leave a Reply

Your email address will not be published. Required fields are marked *