<strong>यूक्रेन संकटपछि कथित तटस्थताको राग अलाप्ने  ईण्डिया अमेरीकी कित्तामा पल्टिंदै</strong>

यूक्रेन संकटपछि कथित तटस्थताको राग अलाप्ने ईण्डिया अमेरीकी कित्तामा पल्टिंदै

# भरत दाहाल, राजनीतिक विश्लेषक

स्वाधिनताको पाखण्डमा बाँचेका गुलामहरु पश्चिमा नियन्त्रणबाट मुक्त हुन असंभव छ

रुस र यूक्रेनका बिचमा युद्ध सुरु भएपछि रुसका विरुद्धमा पश्चिमाहरुको पहलमा भएका कुनै गतिविधिहरुलाई साथ नदिएको र रुसका पक्षमा पनि खुल्न नचाहेको ईण्डिया अब अमेरीकी कित्ताको पक्षमा खुल्न थालेको छ। एक हप्ता अगाडि ११ अफ्रीलका दिन अमेरीकी र ईण्डियन रक्षामन्त्रीहरुका बिचमा भएको बैठकपछि ईण्डियाले आफ्नो पक्षधरता देखाउन सुरु गरेको छ।

सो बैठकपछि १३ अफ्रीलका दिन ईण्डियन आयल निगमले रुसद्वारा प्रस्तावित ३५ प्रतिसत सस्तो दरमा तेल किन्न दिएको प्रस्तावलाई मौन रुपमा अस्वीकार गर्दै तेलको टेण्डर आह्वान गर्ने कम्पनीहरुको सूचीमा रुसका कुनै पनि कम्पनीहरुको नाम सामेल गरेन भने १६ तारेखका दिन रुससंग मिग-१७ युद्धक विमानहरु किन्ने भनेर ४ बर्ष अगाडी भएको संझौता रद्द गर्यो।

यी २ वटा घटनाहरुले ईण्डियन सत्ता पश्चिमाहरुले रुसमाथि लगाएको आर्थिक प्रतिबन्धमा सामेल भएको यथार्थता स्पष्ट हुन्छ। दोग्लाहरुले एक क्षणका लागि तटस्थताको नाटक देखाए पनि विश्वको अन्तर्निर्भर अर्थतन्त्रको अस्तीत्व भएको यस्तो जटिल युगान्तकारी ध्रुविकरणमा तटस्थ रहन र समदुरीको गीत गाईरहन संभव छैन भन्ने कुराको उदाहरण ईण्डिया हो।

ईण्डिया स्वयंमा पश्चिमाहरुको गुलाम हुनुका कारणले सो कित्तामा उभिनु बिल्कुल स्वाभाविक छ। त्यो यस्तो देश हो जहाँ अहिले पनि ब्रिटीश राजा जर्ज पञ्चमको प्रार्थनाका लागि लेखिएको गीतलाई राष्ट्रिय गान भनेर गाईन्छ, ब्रिटीश महारानी इृण्डिया आउँदा ईण्डियन महारानीको हैसियतमा भिसा लगाउनु पर्दैन, ईण्डियाको सर्वोच्च अदालतको आधिकारिक भाषा अंग्रेजी छ, कतिपय ईण्डियन मुद्दाहरुको अन्तिम छिनोफानो बेलायतको अदालतमा हुन्छ र इृण्डियामा प्रधानमन्त्री निर्वाचित हुने व्यक्तिले औपचारिक रुपमा सपथ खानु भन्दा पहिले बेलायती राजसंस्थाप्रति बफादार रहने गोप्य (सार्वजनिक नगरिने) सपथ खानु पर्दछ।

नेपालका जस्ता अर्ध-गुलाम शासकहरुको नियती पनि यही हो। सुगौली-सन्धिपछि यहाँका शासकहरुबाट ब्रिटीश, ईण्डियन र अमेरीकी सत्ताका लागि गरिंदै आएको गुलामीको इतिहास हामी आफैले अनुभव गरिरहेका छौं। देखावटी रुपमा स्वाधिनताको जतिसुकै प्रहसन गरे पनि अर्काको खँँदै आएको र त्यसैबाट पालिएको गुलामले रैतीको धर्म निर्वाह गर्ने पर्दछ।

Comments

No comments yet. Why don’t you start the discussion?

Leave a Reply

Your email address will not be published. Required fields are marked *