मुलुकको अर्थतन्त्रमा कुनै पनि संकट नआएको दावी

मुलुकको अर्थतन्त्रमा कुनै पनि संकट नआएको दावी

अर्थमन्त्री जनार्दन शर्माले मुलुकको अर्थतन्त्रमा कुनै पनि संकट नआएको दावी गर्नुभएको छ ।

सोमबार मन्त्रालयमा पत्रकार सम्मेलन गर्दै मन्त्री शर्माले हालसम्म उपलब्ध विवरणका आधारमा मुलुकको अर्थतन्त्रमा ठूलो सङ्कट नआएको दावी गर्नुभएको हो । उहाले अर्थतन्त्रलाई नियमित गतिमा चल्न दिनुपर्ने भन्दै व्यवसायी र जनतालाई हतोत्साही बनाउने गरी प्रचार भइरहेको तर्क गर्नुभयो । अर्थमन्त्री जनार्दश शर्माले नेपालको अर्थतन्त्र श्रीलंकाको जस्तै हुन्छ भनेर अफवाह फैलाइएकोमा आपत्ति जनाउदै यसरी अफवाह फैलाउनु राष्ट्रघात भएको बताउनुभयो ।

त्यस्तै उहाले अर्थतन्त्रलाई नियमित बनाउने सरकारको ध्यान केन्द्रीत भएको बताउनुभयो । अहिले निक्षेपको तुलनामा कर्जा विस्तार बढी भए पनि त्यसले अर्थतन्त्रमा गुणस्तरीय प्रतिफल प्राप्त नभएको अर्थमन्त्रीको भनाइ छ । उहाले आफूले मन्त्रालय र मन्त्रालय मातहतका कुनै पनि निकायमा हस्तक्षेप नगरेको र नेतृत्व प्रदान गरेको धारणा राख्नुभयो । पेट्रोलियम पदार्थको खपत २० प्रतिशत कम हुने गरी कटौती योजना बनाइएको अर्थमन्त्री शर्माले जानकारी दिनुभयो ।

मन्त्री शर्माले कानुन सम्मत् तरिकाले नै नेपाल राष्ट्र बैंकका गभर्नरमाथि छानबिन गरिएको बताउनुभयो । उहाँले राष्ट्र बैंक ऐनअनुसार नै गभर्नरमाथि छानबिनको प्रक्रिया अगाडि बढाइएको र छानबिनका लागि समिति गठन भइसकेकाले सोही समितिले दिने रिपोर्टका आधारमा थप निर्णय हुने उल्लेख गर्नुभयो ।

अर्थमन्त्री शर्माले विलासिताका वस्तु आयात निरुत्साहित गर्ने, रेमिट्यान्स बढाउन श्रमिकहरुको सञ्चित लगानी कोष स्थापना गर्ने र विदेशमा रहेका कामदारलाई आईपिओ र एफपीओमा कोटा छुट्याउने निर्णय पनि मन्त्रिपरिषदमा गएको जानकारी दिनुभयो ।

Comments

No comments yet. Why don’t you start the discussion?

Leave a Reply

Your email address will not be published. Required fields are marked *