नेपाली कांग्रेसले घरघर जाऔं, कांग्रेस जिताऔं अभियान उत्साहका साथ सम्पन्न

नेपाली कांग्रेसले घरघर जाऔं, कांग्रेस जिताऔं अभियान उत्साहका साथ सम्पन्न

नेपाली कांग्रेसले घरघर जाऔं, कांग्रेस जिताऔं अभियान उत्साहका साथ सम्पन्न भएको जनाएको छ ।

मंगलबार पार्टी कार्यालय सानेपामा पत्रकार सम्मेलन गर्दै कांग्रेसले स्थानीय निर्वाचनमा पार्टीलाई विजयी गराउन वडा र टोल तहसम्म पार्टीभित्र सौहार्दता, एकता र उर्जा अभिवृद्धि गर्ने काम अभियानका क्रममा भएको जनाएको हो ।

सरकारले गरेका काम र विपक्षीले गरेका भ्रष्टाचारको बारेमा पुस्तिका नै बनाएर वितरण गरिएको कांग्रेस प्रवक्ता डा प्रकाशशशरण महत्तले जानकारी दिनुभयो । अभियानका क्रममा ओली सरकारका पालामा भएका बेथिति र भ्रष्टाचारदेखि एमसीसीका बारेमा पनि जनमानसमा रहेका भ्रमहरु चिर्ने काम भएको उहाले बताउनुभयो । उहाले स्थानीय तहको निर्वाचनमा आवश्यकता र औचित्यका आधारमा तालमेल हुने निर्णय भइसकेको भन्दै टिकट बितरणमा केहि समय लागेको बताउनुभयो । स्थानीय परिस्थिति र आवश्यकताअनुसार गठबन्धनमा रहेका दलहरुसँग तालमेल गर्ने कुरा भएकाले यस बिषयमा निर्णय गर्न विभिन्न तहको संरचनालाई विधानले अधिकार दिएको र सोही अनुसार आवश्यक निर्णय हुने उहाले बताउनुभयो ।

प्रवक्ता महत्तले अभियानका क्रममा हजारौं टोल समिति गठन भएको जानकारी दिनुभयो । कांग्रेसले फागुन २९ बाट एक महिने अभियान संचालन गरेको थियो ।

Comments

No comments yet. Why don’t you start the discussion?

Leave a Reply

Your email address will not be published. Required fields are marked *