प्रधानमन्त्री शेरबहादुर देउवाले निर्वाचनसम्बन्धी आचारसंहिताको पालनाका लागि ध्यान दिन आग्रह

प्रधानमन्त्री शेरबहादुर देउवाले निर्वाचनसम्बन्धी आचारसंहिताको पालनाका लागि ध्यान दिन आग्रह

प्रधानमन्त्री शेरबहादुर देउवाले निर्वाचनसम्बन्धी आचारसंहिताको पालनाका लागि ध्यान दिन आग्रह गर्नुभएको छ ।

मंगलबार शहरी विकास मन्त्रालयले काठमाडौंमा आयोजना गरेका राष्ट्रिय शहरी नीति, शहरी विकास ऐन र युटिलिटी करीडोर ऐन तर्जुमा सम्बन्धी परामर्श गोष्ठीको उद्घाटन गर्दै निर्वाचनसम्बन्धी आचारसंहिता लागू भइसकेकाले त्यसलाई ध्यान दिन पनि सबैलाई आग्रह गर्नुभएको हो । आगामी दिनमा सरकारी कार्यक्रमहरु आचारसंहितालाई ध्यानमा राखेर गर्नुपर्ने उहाको भनाई छ ।

त्यस्तै प्रधानमन्त्री देउवाले युटिलिटी करिडोरको अवधारणा कार्यान्वयन गर्न ठूला शहरमा आगामी बर्षदेखि नै पाइलट प्रोजेक्ट सुरु गरिने बताउनुभयो । शहरीकरणमा देखिएमा समस्या तथा चूनौतिहरुलाई सम्बोधन गर्न नयाँ शहरी नीतिमार्फत समुन्नत राष्ट्रिय शहरी बिकास र शहरी प्रणालीको बिकास गर्नुपर्ने उहाले बताउनुभयो । उहाले काठमाडौं उपत्यकामा देखिएका फोहर व्यवस्थापनको समस्या समाधानका लागि फोहरबाट ऊर्जा उत्सर्जनमा मन्त्रालयले ध्यान दिनुपर्ने उल्लेख गर्नुभयो ।

कार्यक्रममा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुुष्प कमल दाहाल प्रचण्डले संघीय लोकतान्त्रिक गणतन्त्र र समानुपातिक समावेशी चरित्रको संविधानलाई नरुचाउनेहरुले कुनै न कुनै रुपले यसलाई विघटन गर्ने वा अर्को दिशातर्फ लैजाने कसरत गरिरहेको बताउनुभयो । उहाले विकास निर्माणसम्बन्धी कानून बनाउदा मुलकमा भएका परिवर्तनलाई सम्बोधन गर्न जरुरी रहेको उल्लेख गर्नुभयो । त्यस्तै प्रचण्डले शहरलाई व्यवस्थीत गर्ने सन्दर्भमा भएका कमीकमजोरीको समिक्षा गर्नुपर्ने बताउनुभयो ।

त्यस्तै नेकपा एकीकृत समाजवादीका सम्मानीत नेता झलनाथ खनालले मुलुकको नयाँ बिकासको खाका अनुसार प्रारुप दिनुपर्नेमा जोड दिनुभयो । दिर्घकालिन नीतिका आधार बनाएर मुलुकको बिकासको बाटो तयार गर्नुपर्ने उहाको भनाई छ ।

कार्यक्रममा शहरी विकास मन्त्री रामकुमारी झाँक्रीले राष्ट्रिय शहरी नीति, शहरी विकास ऐनका बिषयमा सरोकारवाला सवैसंग सुझाव लिएर अघि बढ्ने धारणा राख्नुभयो ।

Comments

No comments yet. Why don’t you start the discussion?

Leave a Reply

Your email address will not be published. Required fields are marked *