गृहमन्त्री बालकृष्ण खाँणले सुरक्षा निकायलाई प्रयाप्त स्रोत र साधनयुक्त बनाउने सरकारको योजना रहेको बताए

गृहमन्त्री बालकृष्ण खाँणले सुरक्षा निकायलाई प्रयाप्त स्रोत र साधनयुक्त बनाउने सरकारको योजना रहेको बताए

गृहमन्त्री बालकृष्ण खाँणले सुरक्षा निकायलाई प्रयाप्त स्रोत र साधनयुक्त बनाउने सरकारको योजना रहेको बताउनुभएको छ ।

सोमबार सिंहदरबारमा आर्थिक वर्ष २०७७÷०७८ मा बेरुजु फस्र्यौट कार्यमा सर्वोकृष्ट÷उत्कृष्ठ हुने कर्मचारी र अवकाशमा जान लाग्नुभएका सशस्त्र प्रहरी बलका महानिरीक्षक शैलेन्द्र खनाललाई सम्मान कार्यक्रममा गृहमन्त्री खाँणले सीमित स्रोत र साधनलाई उपयोग गरेर अहिलेसम्म प्रहरी र सशस्त्र प्रहरी बलले गरेको काम प्रशंसनीय रहेको भन्दै आगामी दिनमा प्रयाप्त स्रोत र साधनयुक्त बनाउने सरकारको योजना रहेको बताउनुभएको हो । उहाले आगामी दिनमा पनि सुरक्षा निकायले यो भन्दा राम्रो काम गर्ने अपेक्षा आफूले राखेको बताउनुभयो । बेरुजु फछ्यौटमा गम्भीर हुन र बजेटलाई नियमसंगत खर्च गर्न थप मेहनत गर्नुपर्ने उहाको भनाई छ ।

त्यस्तै अवकास पाउन लाग्नुभएका सशस्त्र प्रहरी बलका महानिरीक्षक शैलेन्द्र खनालले सुशासन काम गर्न र मुलुकको सुरक्षाका साथै बिकास निर्माणमा सशस्त्र प्रहरीलाई गरिएको सहयोगप्रति आभार व्यक्त गर्नुभयो ।

कार्यक्रममा तत्कालिन गृहसचिव महेश्वर न्यौपानेलाई १० हजार, प्रहरी महानिरीक्षक शैलेश थापालाई १० हजार, सशस्त्र प्रहरी बलका महानिरीक्षक शैलेन्द्र खनाललाई १० हजार, राष्ट्रिय किताव खाना (प्रहरी)का उपमहानिर्देशक शान्ता अधिकारी भट्टराईलाई १० हजार नगदसहित सम्मान गर्नुभयो । त्यस्तै अन्य निकायका कर्मचारीहरुलाई पनि नगदसहित सम्मान गरिएको थियो ।

Comments

No comments yet. Why don’t you start the discussion?

Leave a Reply

Your email address will not be published. Required fields are marked *