सभामुख अग्नी सापकोटाले निर्वाचनको वातावरण बनाउनका लागि सरकार गम्भीर हुनुपर्ने बताए

सभामुख अग्नी सापकोटाले निर्वाचनको वातावरण बनाउनका लागि सरकार गम्भीर हुनुपर्ने बताए

सभामुख अग्नी सापकोटाले निर्वाचनको वातावरण बनाउनका लागि सरकार गम्भीर हुनुपर्ने बताउनुभएको छ ।

राष्ट्रिय सूचना आयोगले सोमबार ललितपुरमा आयोजना गरेको निर्वाचनको प्रक्रियामा सही सूचना प्रवाह विषयक अन्तरक्रिया कार्यक्रममा सभामुख सापकोटाले बैशाख ३० गते हुने स्थानीय तहको निर्वाचन मुलुककै महान उत्सव भएको भन्दै स्वच्छ र निष्पक्ष निर्वाचनको वातावरण बनाउन सरकार गम्भीर हुनुपर्ने बताउनुभएको हो ।

निर्वाचनको वातावरण छैन भनेर निराश हुने ठाँउ नरहेको भन्दै उहाले निर्वाचन सम्पन्न गर्न ३३ दिन प्रयाप्त हुने धारणा राख्नुभयो ।

उहाले उहाले निर्वाचनलाई सफल पार्न निष्टा र इमान्दारीपूर्वक लाग्नुपर्ने धारणा राख्नुभयो । संविधानलाई माथि उठाउने र निर्वाचनमा सहभागीता जनाउने बिषयमा राजनीतिक दलहरु पनि गम्भीर हुनुपर्ने उहाको भनाई छ ।

सभामुख सापकोटाले राजनीतिक दलहरु पारदर्शी र जवाफदेशी ढंगले जानुपर्नेमा जोड दिनुभयो ।

Comments

No comments yet. Why don’t you start the discussion?

Leave a Reply

Your email address will not be published. Required fields are marked *