नेकपा एमालेका अध्यक्ष केपी ओलीले गठबन्धन सरकारका कारण मुलुक असफलतातर्फ जाने खतरा पैदा भएको आरोप लगाउनुभएको छ ।
आइतबार काठमाडौंमा शिक्षक संगठनको कार्यक्रमलाई सम्बोधन गर्दै ओलीले गठबन्धन सरकारका कारण मुलुकको अर्थतन्त्र धरासयी बनेको र मुलुक असफलतातर्फ जाने खतरा पैदा भएको आरोप लगाउनुभएको हो । ओलीले सत्ता गठबन्धलाई अपराधी गठबन्धन भन्दै गठबन्धनले देशलाई बर्बादीतर्फ ढकेलेको र
सवै मिलेर रोक्नुपर्ने बताउनुभयो । उहाले मुलुक अप्ठेरो अवस्थामा जादा पनि एमालेलाई सरकारबाट हटाउन पाइयो भनेर गठबन्धनमा आवद्ध दलहरु खुसी भएर बसेको तर्क गर्नुभयो । एमालेलाई धेरै दिन सरकारबाट बाहिर राख्न नसकिने भन्दै अध्यक्ष ओलीले एमाले ढुंगाको काम फोडेर पनि सरकारमा आउने दावी गर्नुभयो ।
उहाले परमादेशबाट बनेको सरकार असंवैधानिक भएको दोहराउनुभयो ।