केपी शर्मा ओलीले प्रधानमन्त्रीले मंगलबार उद्घाटन गरेको चोभार सुक्खा बन्दरगाहको शिलान्याश गर्न कांग्रेसले तीन पटक रोक्ने प्रयास गरे

केपी शर्मा ओलीले प्रधानमन्त्रीले मंगलबार उद्घाटन गरेको चोभार सुक्खा बन्दरगाहको शिलान्याश गर्न कांग्रेसले तीन पटक रोक्ने प्रयास गरे

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रधानमन्त्रीले मंगलबार उद्घाटन गरेको चोभार सुक्खा बन्दरगाहको शिलान्याश गर्न कांग्रेसले तीन पटक रोक्ने प्रयास गरेको बताउनुभएको छ ।

बुधबार भक्तपुरको सिपाडोलमा बिनासकारी भूकम्पबाट क्षति भइ पुननिर्माण गरिएको श्री शान्ति निकेतन माध्यामिक बिद्यालयको उद्घाटन गर्दै अध्यक्ष ओलीले कांग्रेसले निर्माण गर्न अवरोध गरेको उक्त बन्दगाह एमालेको सरकारले नै निर्माण सम्पन्न गरेको र अहिले प्रधानमन्त्री शेर बहादुर देउवाले उद्घाटन गरेको बताउनुभएको हो ।

उहाले पटक पटक अवरोधपछि एमाले सरकारले बनाएको बन्दरगाह अहिले सञ्चालनमा आउनु सुखद रहेको धारणा राख्नुभयो । एमाले सरकारले बिकासका निकै काम गरेको र फेरी पाँच बर्ष सरकारमा बसेपछि शिलान्यास र उद्घाटनको कामले तीव्रता लिने उहाले बताउनुभयो ।

वर्तमान सत्तागठबन्धनलाई कुहिएको गठबन्धनको संज्ञा दिदै उहाले कुहिएको गठबन्धन झरेपछि फेरी मुलुकको बिकासको बाटोमा अघि बढ्ने समेत बताउनुभयो । ओलीले परमादेशपछि बनेको वर्तमान सरकारका कारण मुलुकको बिकासको काम नै अवरुद्ध भएको जिकिर गर्नुभयो ।

अध्यक्ष ओलीले शिक्षा क्षेत्रको बिकासका लागि यसअघिको एमाले सरकारले ल्याएका कार्यक्रमलाई एमाले सरकारमा गएपछि प्राथमिकताका साथ निरन्तरता दिने उल्लेख गर्नुभयो । कार्यक्रममा बिद्यालय पुननिर्माणमा सहयोग गर्नेलाई सम्मान गरिएको थियो ।

Comments

No comments yet. Why don’t you start the discussion?

Leave a Reply

Your email address will not be published. Required fields are marked *