विद्यालय जाँदै गरेकी एक बालिकाको हत्या

विद्यालय जाँदै गरेकी एक बालिकाको हत्या

उदयपुरको बेलका नगरपालिका ३ बुद्धच‍ौकीस्थित विद्यालय जाँदै गरेकी एक बालिकाको हत्या भएको छ ।

मंगलबार बिहान कोशी जनता माध्यमिक विद्यालय जाँदै गरेकी १५ वर्षीया कविता सुनवारको जसोधा खोलामा हत्या भएको प्रहरीले जनाएको छ । स्थानीयले बालिकाको शव खोला किनारामा देखेपछि प्रहरीलाई खबर गरेका थिए । बालिका हत्यापछि स्थानीय र स्कुले बालबालिकाहरूले भने दोषीमाथि कारबाही गर्न माग गर्दै आन्दोलन सुरु गरेका छन् । नाराजुलुससहित निस्किएका विद्यार्थीले सडक र रामपुर बजारमा प्रर्दशन गरेका छन् । घटनामा संलग्न भएको आशंकामा दुई जनालाई प्रहरीले नियन्त्रणमा लिई अनुसन्धान सुरु गरेको छ । कोशी जनता माध्यमिक विद्यालय व्यवस्थापन समितिका अध्यक्ष गणेश बस्नेतले घटनाको सत्यतथ्य अनुसन्धान गरि दोषिलाई कडा कारवाही गर्नुपर्ने बताउनुभयो ।

प्रारम्भिक अनुसन्धानका क्रममा सुनुवार र उनकै कक्षामा अध्ययनरत अर्की विद्यार्थीबीचको झगडाका क्रममा हत्या भएको देखिएको प्रहरीले जनाएको छ ।

Comments

No comments yet. Why don’t you start the discussion?

Leave a Reply

Your email address will not be published. Required fields are marked *