एमालेसँग निर्वाचन लड्न नसकेपछि गठबन्धनले चूनावी तालमेल

एमालेसँग निर्वाचन लड्न नसकेपछि गठबन्धनले चूनावी तालमेल

नेकपा (एमाले)का अध्यक्ष केपी ओलीले एमालेसँग निर्वाचन लड्न नसकेपछि गठबन्धनले चूनावी तालमेल गर्न खोजेको बताउनुभएको छ ।

मंगलबार वीरगञ्जमा आयोजित सभालाई सम्बोधन गर्दै अध्यक्ष ओलीले एमालेसँग चुनाव लड्न नसक्ने भएपछि गठबन्धनले चूनावी तालमेल गर्न खोजेको बताउनुभएको हो ।

उहाले एमालेमा प्रवेश गर्ने जनलहर देखेर गठबन्धन तर्सिएको टिप्पणी गर्नुभयो । ओलीले गठबन्धन अपवित्र ढंगले जन्मिएको र जनताले बनाएको सरकारलाई अधेरो कुनाका बसेर ढालिएको उल्लेख गर्नुभयो । अदालतबाट प्रधानमन्त्री बनाउने काम भएकोे भन्दै उहाले वर्तमान सरकार वैध र संवैधानिक सरकार नभएको उहाले बताउनुभयो । उहाले सरकारकै कारण मुलुकको अर्थतन्त्र धरासयी भएको आरोप लगाउनुभयो ।

ओलीले केही व्यक्तिलाई आफूलाई मधेसविरोधी रहेको भनेर केही स्वार्थी मान्छेहरूले हल्ला चलाएको पनि बताउनुभयो ।

Comments

No comments yet. Why don’t you start the discussion?

Leave a Reply

Your email address will not be published. Required fields are marked *