दातृ राष्ट्रको अनुदान वा सस्तो ब्याजदरमा ऋण लिएर मात्रै सरकार आफैँले रेल–वे निर्माण गर्ने

दातृ राष्ट्रको अनुदान वा सस्तो ब्याजदरमा ऋण लिएर मात्रै सरकार आफैँले रेल–वे निर्माण गर्ने

प्रधानमन्त्री शेरबहादुर देउवाले कुनै दातृ राष्ट्रको अनुदान वा सस्तो ब्याजदरमा ऋण लिएर मात्रै सरकार आफैँले रेल–वे निर्माण गर्न सक्ने बताउनुभएको छ ।

मंगलबार काठमाडौंको चोभारमा सुक्खा बन्दरगाह भन्सार कार्यालयको उद्घाटन गर्दै प्रधानमन्त्री देउवाले नेपालको व्यापार घाटा बढ्दोक्रममा रहेको भन्दै तत्काल सरकारले रेल–वे निर्माण गर्न नसक्ने भन्दै कुनै दातृ राष्ट्रको अनुदान वा सस्तो ब्याजदरमा ऋण लिएर सरकारले रेल–वेमा लगानी गर्न सक्ने बताउनुभएको हो । मुलुकमा रेलको आवश्यकता भएपनि धेरै खर्चिलो रहेको उहाको भनाई छ । प्रधानमन्त्री देउवाले मुलुकका अन्य स्थानमा पनि बन्दरगाह निर्माण गर्ने बताउनुभयो । उहाले बढ्दो व्यापार घाटालाई कम गर्न स्वदेशी कच्चा पदार्थ र स्वदेशी सीपको प्रवर्द्धनमा बिशेष ध्यान दिनुपर्ने धारणा राख्नुभयो । बन्दरगाह निर्माणले राजधानीलाई अन्तराष्ट्रिय बजारको हब बनाउन कोशेढुङ्गा सावित हुने उहाले बताउनुभयो । प्रधानमन्त्री देउवाले अन्तर्राष्ट्रिय बजारमा स्वदेशी सामानको प्रवर्द्धन र औद्योगिक विकासमार्फत रोजगारी सृजना गर्न सरकार प्रतिबद्ध रहेको पनि बताउनुभयो ।

कार्यक्रममा अर्थमन्त्री जनार्दन शर्माले बन्दरगाहलाई आयातको केन्द्रबिन्दु नभएर निर्यातको केन्द्रबिन्दु बनाउनुपर्ने बताउनुभयो । उहाले रेमिटेन्स र आयातमा निर्भर अर्थतन्त्र जोखिमको बिषय भएको जिकिर गर्नुभयो ।

नेपाल भारत क्षेत्रीय व्यापार तथा पारवहन आयोजना अन्तर्गत चोभारको दुई सय २८ रोपनी क्षेत्रफलमा सुक्खा बन्दरगाह निर्माण भएको हो । विश्व बैंकको ऋण सहयोगमा एक अर्ब ६७ करोड लागतमा निर्माण भएको आयोजना २०७५ जेठमा ठेक्का सम्झौता भएको थियो । सुक्खा बन्दरगाह सञ्चालनमा आएसंगै अव तेस्रो मुलुकबाट आउने माल वस्तुको भन्सार जाँच पास सिधै काठमाडौंमा हुनेछ ।

Comments

No comments yet. Why don’t you start the discussion?

Leave a Reply

Your email address will not be published. Required fields are marked *