
जनता समाजवादी पार्टीका संघीय परिषद अध्यक्ष डा.बाबुराम भट्टराईले संविधान,लोकतन्त्रक र व्यवस्था बचाउन सत्ता गठबन्धन गरिएको बताउनुभएको छ ।
सोमबार रुपन्देहीको शुद्धोधन गाउँपालिका स्थित मानपकडीमा आयोजित बृहत पार्टी प्रवेश एवं आमसभालाई सम्बोधन गर्दै भट्टराईले संविधान अहिले पनि पूर्ण नभएको र संविधान परिमार्जित गर्नुपर्छ भन्ने पक्षमा आफुहरुको रहेको बताउदै संविधान र व्यवस्था बचाउन सत्ता गठबन्धन गरेको बताउनुभएको हो । पूर्व प्रधानमन्त्री भट्टराईले आगामी निर्वाचनसम्म नै गठबन्धनलाई निरन्तरता दिने बताउदै आफुहरु गठबन्धन प्रति ईमान्दार रहेको तर २०७४ सालको मतका आधारमा स्थानीय चुनावको सिट बाँडफाँट मान्य नहुने जानकारी दिनुभयो । डा.भट्टराईले गठबन्धन सम्मानजनक रुपले अघि बढे आफुहरु साथ रहने जानकारी दिदै बेइमानी, हेप्ने र चेप्ने काम गरे आफूहरुले विकल्प सोच्ने बताउनुभयो । उहाँले नेकपा एमाले,कांग्रेस,माओवादी कुनै पनि पार्टीले देशको विकास,सम्वृद्धि नगर्ने बताउदै देशको मुहार फेर्ने गरी आफुहरु पार्टी बनाउन लागेको जिकिर गर्नुभयो ।
कार्यक्रममा नेकपा एमाले,नेपाली कांग्रेस,नेकपा माओवादी केन्द्र,राप्रपा पार्टी परीत्याग गरी करिब ३०० जना जनता समाजवादी पार्टीमा प्रवेश गरेका थिए ।