
नेपाल सरकारका परराष्ट्र मन्त्री डा. नारायण खड्काले नेपाल र जापान बिचको सम्बन्ध धेरै पुरानो रहेको बताउनु भएको छ ।
मन्त्री खड्काले सोमबार उदयपुर जिल्लाको चौदण्डीगढी नगरपालिका वडा नं ३ आमसाल स्थित आधारभुत स्वास्थ्य केन्द्रको उद्घाटन गर्दै उक्त कुरा बताउनु भएको हो । मन्त्री खड्काले जापान सरकार संगको पुरानो सम्बन्धका कारण देशमा ठुला ठुला कलकारखाना, सडक बिस्तार, स्वास्थ्य क्षेत्रमा महत्वपूर्ण सहयोग भएको भन्दै जापान सरकारको सहयोग प्रती आभारी रहेको समेत बताउनु भयो ।
जापान सरकारको ७७ लाख ९१ हजार ६ सय ४४ रुपैयाको आर्थिक सहयोग तथा चौदण्डीगढी नगरपालिकाको ११ लाख ९५ हजार र नारी जागरण मार्फत २ लाख ९० हजारको लागतमा निर्माण गरिएको आमसाल आधारभुत स्वास्थ्य केन्द्रको नेपालका लागी जापानका राजादुत किकुता युताका र नेपाल सरकार परराष्ट्र मन्त्री नारायण खड्काले संयुक्तरुपमा उद्घाटन गर्नु भएको हो ।