राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालका अध्यक्ष कमल थापाले आगामी संसदीय चूनावबाट पार्टीलाई राष्ट्रिय पार्टी बनाउने दावी

राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालका अध्यक्ष कमल थापाले आगामी संसदीय चूनावबाट पार्टीलाई राष्ट्रिय पार्टी बनाउने दावी

राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालका अध्यक्ष कमल थापाले आगामी संसदीय चूनावबाट पार्टीलाई राष्ट्रिय पार्टी बनाउने दावी गर्नुभएको छ ।

आइतबार काठमाडौंमा आयोजित पार्टी प्रवेश कार्यक्रममा अध्यक्ष थापाले अहिले पार्टी कमजोर देखिए पनि आगामी दिनमा बलियो हुने र संसदीय चूनावबाट पार्टीलाई राष्ट्रिय पार्टी बनाउने दावी गर्नुभएको हो ।

उहाले संघीय चूनावपछि राप्रपाले कांग्रेस एमालेलाई चूनौति दिने गरि अघि बढ्ने बताउनुभयो । अहिले सामाजिक सञ्जालमा आफुलाई गालीगर्नेहरुको भीड लागेको भन्दै आगामी दिनमा उनीहरु राप्रपा नेपालमा नै आउने उहाले बताउनुभयो ।

उहाले राप्रपा नेपालले सर्वधर्म पूर्ण धार्मिक स्वतन्त्रतासहितको सनातन हिन्दु राष्ट्रको पुर्नस्थापना, सुशासन र समृद्धिको मुख्य एजेडा लिएर चुनावमा जाने जानकारी दिनुभयो । उहाले दलहरु एमसीसीका नाममा राष्ट्रियतालाई कमजारे बनाएकाले राप्रपा नेपालले राष्ट्रियताको पक्षमा आवाज उठाउने उल्लेख गर्नुभयो ।

कार्यक्रममा बिभिन्न दलका कार्यकर्तालाई अध्यक्ष थापाले राप्रपा नेपाल प्रवेश गराउनुभएको थियो ।

Comments

No comments yet. Why don’t you start the discussion?

Leave a Reply

Your email address will not be published. Required fields are marked *