सत्तारुढ दलको स्वार्थ परिपूर्ति गर्न प्रधानन्यायाधिशमाथि महाभियोग लगाइएको टिप्पणी

सत्तारुढ दलको स्वार्थ परिपूर्ति गर्न प्रधानन्यायाधिशमाथि महाभियोग लगाइएको टिप्पणी

राप्रपा नेपालका अध्यक्ष कमल थापाले सत्तारुढ दलको स्वार्थ परिपूर्ति गर्न प्रधानन्यायाधिशमाथि महाभियोग लगाइएको बताउनुभएको छ ।

शनिबार पार्टी निकट राष्ट्रिय प्रजातान्त्रिक युवक संगठन नेपालको घोषणा सभामा अध्यक्ष थापाले एमसीसी पास गर्न र सभामुखमाथिको मुद्धा अघि नवढाउनैका लागि सत्तारुढ दलले प्रधानन्यायाधिशमाथि महाभियोग लगाइएको बताउनुभएको हो ।

थापाले न्यायपालिकालाइ सुद्धिकरण गर्ने मनसाय दलहरुको नरहेको तर्क गर्नुभयो । त्यस्तै उहाले लामो समयदेखि सदन अवरुद्ध हुदा पनि दलहरु गम्भीर हुन नसकेको र लाज पचाएर तलव भत्ता भने बुझिरहेको धारणा राख्नुभयो । उहाले दलहरुकै कारण मुलुकको राष्ट्रियता कमजोर भइरहेको र नेपालमा बिदेशीको चलखेल बढ्दै गएको उल्लेख गर्नुभयो ।

त्यस्तै थापाले एमसीसी संसद्बाट पारित गराउने बेलामा नेपालमाथि शक्ति राष्ट्रहरूले दबाब र प्रभाव दिएको पनि बताउनुभयो ।

उहाले राप्रपा नेपालको एजण्डेलाई स्थापीत गर्न नयाँ शक्तिका साथ जनतामाझ जाने बताउनुभयो ।

Comments

No comments yet. Why don’t you start the discussion?

Leave a Reply

Your email address will not be published. Required fields are marked *