पुष्पकमल दाहाल ‘प्रचण्ड’ले एमसिसीकै कारण गठबन्धन टुट्ने घाेषणा

पुष्पकमल दाहाल ‘प्रचण्ड’ले एमसिसीकै कारण गठबन्धन टुट्ने घाेषणा

नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले एमसिसीकै कारण गठबन्धन टुट्ने, फेरि प्रतिगमनकारी शक्ति हाबी भएको बताउनुभएको छ ।

जनयुद्धका प्रथम सहिद दिलबहादुर रम्तेलको स्मृति दिवस तथा सहिद सप्ताहको सन्दर्भ पारेर नेपाल दलित मुक्ति मोर्चाले शनिबार काठमाडौमा आयोजना गरेको कार्यक्रममा उहाले वर्तमान सत्ता गठबन्धन नटुटाई राष्ट्रिय समस्याको समाधान खोज्नेतर्फ दलहरुको ध्यान केन्द्रित भएको समेत बताउनुभयो । प्रचण्डले आफूहरु गठबन्धनलाई जोगाउने र एमसिसी समस्या समाधान गर्ने उपायको खोजीमा लागिरहेको बताउनुभयो । संविधानलाई कुल्चेर जनप्रतिनिधिमूलक संस्था विघटन गर्ने कदमलाई प्रतिगमन ठहर गर्दै पाँच राजनीतिक दल मिलेर नयाँ गठबन्धन निर्माण गरिएको बताउँदै उहाँले संविधान, गणतन्त्र र राष्ट्रियताको रक्षाका निम्ति गठबन्धन बनेको प्रष्ट पार्नुभयो । प्रचण्डले जनताको सङ्घर्षको बलमा स्थपित उपलब्धि कसरत भइरहेको बताउनुभयो ।

प्रचण्डले प्राप्त उपलब्धि गुम्न नदिने र थप उपलब्धिका निम्ति एकताबद्ध भएर अगाडि बढ्ने सङ्कल्प लिनुपर्नेमा उहाँले जोड दिनुभयो ।

Comments

No comments yet. Why don’t you start the discussion?

Leave a Reply

Your email address will not be published. Required fields are marked *