माधवकुमार नेपालले केपी ओली नेतृत्वको सरकारले एमसीसीलाई इन्डो प्यासेफिकको अंग बनाएको आरोप

माधवकुमार नेपालले केपी ओली नेतृत्वको सरकारले एमसीसीलाई इन्डो प्यासेफिकको अंग बनाएको आरोप

नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले केपी ओली नेतृत्वको सरकारले एमसीसीलाई इन्डो प्यासेफिकको अंग बनाएको आरोप लगाउनुभएको छ ।

शनिबार काठमाडौंमा एकीकृत प्रगतिशील प्राध्यापक संगठन नेपालको राष्ट्रिय सम्मेलन उद्घाटन गर्दै अध्यक्ष नेपालले ओली सरकारका तत्कालिन मन्त्री प्रदिप ज्ञवालीले नै नेपाललाई इन्डो प्यासेफिकको अंग बनाउने कागजमा सहि गरेको आरोप लगाउनुभएको हो ।

उहाले एमसीसी सम्झौता यथास्थितिमा पारित हुन नसक्ने अडान दोहो¥याउनुभयो । सरकारभन्दा देश र जनताको स्वाभिमान ठूलो कुरा भएको भन्दै उहाले विशुद्ध आर्थिक सहयोगको परियोजनाका रूपमा मात्रै एमसीसी स्वीकार गर्न सकिने धारणा राख्नुभयो ।

त्यस्तै अध्यक्ष नेपाले छिमिकी राष्ट्रको सुरक्षामा आँच आउने गरी नेपालले कुनै पनि काम गर्न नसक्ने जिकिर गर्नुभयो । उहाले एमसीसीका बाहानमा एमालेले षडयन्त्र गर्न खोजेको टिप्पणी गर्नुभयो ।

त्यस्तै अध्यक्ष नेपालले एमसीसी सम्झौताको विषयलाई जोडेर एमालेले सभामुख र आफूसहित पार्टीका नेताहरुलाई अपदस्थ गर्न खोजेको समेत उल्लेख गर्नुभयो ।

 

Comments

No comments yet. Why don’t you start the discussion?

Leave a Reply

Your email address will not be published. Required fields are marked *