पूर्बमन्त्री एवं नेपाली कांग्रेसका नेता राजेन्द्र खरेल यस बर्षको महेन्द्रनारायण निधि राष्ट्रिय पुरस्कारबाट सम्मानित हुनुभएको छ ।
महेन्द्रनारायण निधिको १०० औं जन्मजयन्तीका अवसरमा महेन्द्रनारायण निधि स्मृति प्रतिष्ठानद्वारा शुक्रबार शितल निवासमा आयोजित कार्यक्रममा राष्ट्रपति विद्यादेवी भण्डारीले खरेललाई नगद एक लाख एक हजार रुपैयाँसहित सम्मान गर्नुभएको हो । राष्ट्रपति भण्डारीले खरेलसहित झापाका पुराना कांग्रेस नेता पूर्णानन्द शर्मा दाहाललाई पनि नगद एक लाख एक हजार रुपैयाँसहित सम्मान गर्नुभयो । यसैगरी राष्ट्रपति भण्डारीले यस बर्षको प्रेमसागरी देवी निधि पुरस्कारबाट सरस्वती चौधरी र सुवर्ण ज्वारचनलाई नगद एक लाख एक हजार रुपैंयासहित सम्मान गर्नुभयो । कार्यक्रमलाई सम्बोधन गर्दै राष्ट्रपति भण्डारीले नेपालको राजनीतिक परिवर्तनमा महेन्द्रनारायणले युवाबस्थादेखि गरेको संघर्षको चर्चा गर्नुभयो ।
उहालेअहिंसात्मक आन्दोलनका पक्षपाती निधिले सधैं सत्य, न्याय र समानताका पक्षमा आफूलाई उभ्याएर एकता र सामाजिक सद्भाब कायम गर्न महत्वपूर्ण भूमिका निर्बाह गरेको उल्लेख गर्नुभयो ।