नेकपा (एकीकृत समाजवादी)का नेता झलनाथ खनालले मिलिनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी)लाई अहिलेको अवस्थामा स्वीकार गर्न नसकिने बताउनुभएको छ ।
नेकपा एकीकृत समाजवादीले शुक्रबार काठमाडौंमा आयोजना गरेको कार्यक्रममा खनालले एमसीसीमा रहेका राष्ट्रघाती बिषयलाई नसच्चाएसम्म यसलाई स्वीकार गर्न नसकिने बताउनुभएको हो ।
अमेरिकी सुरक्षा नीति विपरितको काम गर्न नपाइने विषय सम्झौतामा उल्लेख भएको उहाको भनाई छ । खनालले समाजवादीको लक्ष्यमा दृढतापूर्वक अघि बढ्नुपर्ने भन्दै उहाले बैदेशीक हस्तक्षेपबिरुद्ध लड्नुपर्ने धारणा राख्नुभयो ।
त्यस्तै नेकपा माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठले पनि एमसिसी परियोजना यथास्थितिमा पारित गरेर अघि बढ्न नसक्ने स्पष्ट पार्नुभयो । एमसिसी अनुमोदन हुँदैगर्दा आफ्नो पार्टीबाट कोही सांसदले बहिष्कार गरे आफू त्यसको विरुद्धमा उत्रने उहाले बताउनुभयो । उहाले एमसीसी पारित गराउन धम्की आएको पनि बताउनुभयो
कार्यक्रममा अन्य नेताहरुले एमसीसी मुलुकको हित बिपरित रहेको भन्दै यसबिरुद्ध खवरदारी गर्नुपर्ने बताएका थिए ।