विभिन्न राजनीतिक दलका कार्यकर्ताले एमसीसी विरुद्ध शुक्रबार पनि प्रर्दशन

विभिन्न राजनीतिक दलका कार्यकर्ताले एमसीसी विरुद्ध शुक्रबार पनि प्रर्दशन

विभिन्न राजनीतिक दलका कार्यकर्ताले अमेरिकी विकास सहयोग मिलेनियम च्यालेञ्ज कर्पोरेशन (एमसीसी) विरुद्ध शुक्रबार पनि प्रर्दशन गरेका छन् ।

एमसीसी मुलुकको हित बिपरित रहेको भन्दै उनीहरुले काठमाडौंको नयाँ बानेश्वर क्षेत्रमा प्रदर्शन गरेका हुन् । यसअघिको तुलनामा शुक्रबार बानेश्वरमा झडपको अवस्था भने आएन । यद्दपी प्रदर्शनका कारण केहिबेर सो क्षेत्रको यातायात आवागमन अवरुद्ध भएको थियो । एमसीसीलाई लिएर सत्तारुढ दलहरुबीच मतभेद रहेको छ । सत्तारुढ दलमध्यो नेपाली कांग्रेस एमसीसी अनुमोदन गर्ने पक्षमा रहेका छ । अन्य दल नेकपा (माओवादी केन्द्र), नेकपा एकीकृत समाजवादी (एस), जनता समाजवादी पार्टी र राष्ट्रिय जनमोर्चा एमससीसी संशोधन गरेर अनुमोदन गर्ने पक्षमा रहेका छन् ।

 

Comments

No comments yet. Why don’t you start the discussion?

Leave a Reply

Your email address will not be published. Required fields are marked *