आन्तरिक छलफलमा माओवादी केन्द्र

आन्तरिक छलफलमा माओवादी केन्द्र

नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) आन्तरिक छलफलमा जुटेको छ। माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ निवास खुमलटारमा पार्टीको पूर्वस्थायी कमिटीका नेताहरुको बैठक बसिरहेको छ।

बैठक सत्ता गठबन्धनमा उत्पन्न परिस्थिति, एमसीसी र सरकारबाट बाहिरिनेलगायतका विषयमा छलफल भइरहेको एक नेताले बताए।

बिहीबार प्रधानमन्त्री निवास बालुवाटारमा प्रधानमन्त्री शेरबहादुर देउवा र अध्यक्ष प्रचण्डबीच भएको भेटका विषयमा बैठकमा गम्भीरताका साथ छलफल भइरहेको छ। सो भेटमा एमसीसीको विषयमा माओवादीले सहयोग गर्न नसक्ने प्रचण्डले बताएका थिए।

यस्तै संघीय संसद प्रतिनिधिसभाको बैठक आज बस्दैछ। दिउँसो १ बस्ने बैठकमा अमेरिकी एमसीसीबारे छलफल गर्ने कार्यसूची छ। यसअघि बिहीबार बसेको संसद बैठक दलहरुबीच सहमति हुन नसक्दा आजका लागि स्थगित गरिएको थियो।

प्रधानमन्त्री शेरबहादुर देउवा संसदबाट एमसीसी पारित गर्न लागि परेका छन्। सत्ता साझेदार दल माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादी भने एमसीसीको विपक्षमा उभिएका छन् । त्यस्तै सत्ताघटक जसपामा पनि एमसीसीबारे अनिर्णित छ।

यसैबीच प्रधानमन्त्री देउवाले प्रमुख प्रतिपक्षी दल नेकपा एमालेको साथ लिन खोजेका छन्। बिहीबार भएका छलफलमा नेपाली कांग्रेस र एमाले सहमतिको नजिक पुगेको बताइएको छ।

एमालेले सभामुख हटाउनुपर्ने र आफूहरुले कारबाही गरेका १४ सांसदलाई पदमुक्त गर्नुपर्ने अडान दोहोर्यााएको छ।

एमसीसी पास गराएरै छाड्ने अडान लिएको कांग्रेसका कतिपय नेताहरुले वर्तमान सत्तागठबन्धनको औचित्य सकिएको निष्कर्ष पनि निकालिसकेका छन। माओवादी केन्द्र र एकीकृत समाजवादीका कार्यकर्ता भने एमसीसीविरुद्ध सडकमा प्रदर्शन गरिरहेका छन्।

Comments

No comments yet. Why don’t you start the discussion?

Leave a Reply

Your email address will not be published. Required fields are marked *