राप्रपा, नेपालका अध्यक्ष कमल थापाले बिगत पाँच बर्षमा आफुले बाटो बिराएको भन्दै अव सहि बाटोमा हिड्ने प्रतिबद्धता

राप्रपा, नेपालका अध्यक्ष कमल थापाले बिगत पाँच बर्षमा आफुले बाटो बिराएको भन्दै अव सहि बाटोमा हिड्ने प्रतिबद्धता

राप्रपा, नेपालका अध्यक्ष कमल थापाले बिगत पाँच बर्षमा आफुले बाटो बिराएको भन्दै अव सहि बाटोमा हिड्ने बताउनुभएको छ ।

शनिबार काठमाडौंमा राप्रपा, नेपाल घोषणा गर्दै थापाले बिगत पाँच बर्षको अलमलमा पार्टीको चूनाव चिन्ह, आफ्नो पहिचान गुमाएकाले अव त्यस्तै गल्ती नगर्ने बताउनुभयो । राप्रपा, नेपाललाई बिसर्जन गरेर गलत प्रवृतिसँग सम्झौता गरेर गम्भीर भूल भएको उहाको भनाई छ । उहाले बिगतमा गरेका गल्तीका निमित माफी समेत माग्नुभयो । राप्रपा, नेपाल राजा वा राजसंस्था केन्द्रित राजनीति नभई जनताकेन्द्रित राजनीतिक गर्ने उहाले बताउनुभयो । कार्यक्रममा अध्यक्ष थापाले आफुले राप्रपा विभाजन नगरेको दावी पनि गर्नुभयो । राप्रपालाई कानुनी रूपमा नै विभाजन गर्न केही नेताले सुझाव दिँदा पनि आफूले त्यसो गर्न नचाहेको उहाले बताउनुभयो । उहाले मुलुकमा बामगठबन्धन हावी भएको भन्दै मुलुकलाई निकास दिन राप्रपा नेपाल उचित बिकल्प हुने धारणा पनि राख्नुभयो ।

उहाले रापपाको नया नेतृत्व सैद्धान्तिक रूपमा विचलित, संगठनात्मक रूपमा गलत प्रवृतिमा लागेको भन्दै आफु अलग भएको बताउनुभयो ।

 

Comments

No comments yet. Why don’t you start the discussion?

Leave a Reply

Your email address will not be published. Required fields are marked *