तिब्बतमा उद्योग र बजार फस्टाए

तिब्बतमा उद्योग र बजार फस्टाए

अठ्ठाईस तारिख तिब्बत स्वायत्त प्रदेशको प्रेस कार्यालयले एउटा प्रतिवेदन सार्वजनिक गरेको छ। प्रतिवेदनमा सन् २०१४ देखि तिब्बतमा क्रमबद्ध रूपमा सुधारका कार्यक्रम सञ्चालन गरिएको र यसबाट तिब्बतमा विभिन्न किसिमका उद्योग र पसलको संख्या दुई लाख पैंतालीस हजार पाँच सय पुगेको छ। जुन चार वर्षभित्र दुई गुनाले वृद्धि भएको छ।

तिब्बत स्वायत्त प्रदेशका उद्योग वाणिज्य व्यूरोका उप प्रमुख को नाइ स्यौंले नयाँ दर्ता गरिएका पसलको संख्या एक लाख बयानब्बे हजार तीन सय पुगेको र यसले आर्थिक विकासका लागि नयाँ शक्ति प्रस्तुत गरेको बताउनुभयो। उहाँले हाल धेरै आधुनिक प्रविधियुक्त नयाँ उद्योगहरुले राम्रो विकास पाएको र तिब्बतको आर्थिक परिवर्तनका लागि महत्वपूर्ण शक्ति प्रस्तुत गरिएको जानकारी दिनुभएको छ।

तिब्बत स्वायत्त प्रदेश उद्योग वाणिज्य व्यवसाय विभागका प्रमुख पा साङ चो काले व्यवसायीलाई धेरै सुविधा दिनका लागि तिब्बतले अझै सुधारका कार्यक्रम चाल्ने जानकारी दिनुभयो।

Comments

No comments yet. Why don’t you start the discussion?

Leave a Reply

Your email address will not be published. Required fields are marked *