शाङहाइ सहयोग संगठनले महत्वपूर्ण भूमिका निर्वाह गर्ने : नेपालका परराष्ट्र मन्त्री

शाङहाइ सहयोग संगठनले महत्वपूर्ण भूमिका निर्वाह गर्ने : नेपालका परराष्ट्र मन्त्री

शाङहाइ सहयोग संगठन सदस्य मुलुकका नेता बीचको अठारौं शिखर सम्मेलन जुन नौ तारिखदेखि दश तारिखसम्म चीनको छिङताउमा आयोजना हुँदै छ।

नेपाल शाङहाइ सहयोग संगठनको छ वटा संवाद साझेदार मुलुकहरुमध्ये एक हो। नेपालका परराष्ट्र मन्त्री प्रदिप कुमार ज्ञवालीले शाङहाइ सहयोग संगठनले विश्वमा अझै महत्वपूर्ण भूमिका निर्वाह गर्ने बताउँदै नेपालको छिङताउ शिखर सम्मेलनमा सकारात्मक सहभागी हुने पनि औंल्याउनुभयो। उहाँले शाङहाइ सहयोग संगठन अति महत्वपूर्ण मञ्च भएको र सम्बन्धीत् क्षेत्र तथा विश्वको विकास र स्थिरताका लागि गहन प्रभाव पार्ने पनि बताउनुभयो।

उहाँले नेपालले शाङहाइ सहयोग संगठनका सदस्य मुलुक, पर्यवेक्षक मुलुक तथा संवाद साझेदार मुलुकहरुसँगको सहयोगलाई सबल पार्ने पनि बताउनुभयो।

उहाँले नेपाल र चीन बीचको मित्रतामा चौतर्फि सहयोग साझेदारी भएको पनि बताउनुभयो। साथै उहाँले नेपालले चीनसँग राजमार्ग, रेलमार्ग, हवाइमार्ग लगायत अरू क्षेत्रको सहयोगलाई सुदृढ पार्ने पनि उल्लेख गर्नुभयो।

Comments

No comments yet. Why don’t you start the discussion?

Leave a Reply

Your email address will not be published. Required fields are marked *