गान्तोक, 03 जनवरी। सिक्किमका भोटिया जनजातिको पावन पर्व लोसुङ राज्यभरि हर्षोल्लासको साथमा पालन गरियो। तिब्बती पञ्चाङ्ग अनुसार दशौं महिनाको दिन पालन गरिने यो पर्व नयाँ वर्षको रूपमा पालन गरिन्छ। खेती किसानसित जोड़िएको समुदायले बाली उठाइसकेपछि खुशी मनाउँदै पालन गरिने यो पर्वको शुरूआत काग्यात छाम बौद्ध गुम्पाहरूमा नाचेर शुरू हुन्छ भने उक्त लोक नृत्यले असत्यमाथि सत्यको विजय भएको प्रतिकको रूपमा पालन गरिन्छ। आज लोसुङ पर्वको बिहानै पूजा अर्चना पछि परिवारका वरिष्ठहरूबाट आशिर्वाद लिनका साथै आपसमा लोसुङको शुभकामना आदन प्रदान गर्दै खुशियाली साटा-साट गरिएको पाइयो। राज्यको जनजातिहरूले पालन गर्ने विभिन्न पर्वहरूमध्ये लोसुङ पर्वलाई पनि राज्य सरकारले सरकारी विदाको रूपमा घोषित गरेको छ। लोसुङ सिकिएपछि निम्पो गोजुम पालन गरिन्छ। यस दिन सिक्किमे जनजातिहरू दिनभरी घरैमा बस्छन भने कुनै पनि शुभकार्यहरू गरिँदैन। दुई दिवसीय निम्पो गोजुम बौद्ध परम्परामा नौ अशुभको रूपमा मानिन्छ। विशेष रूपले भोटिया जनजातिको पर्व भएपनि लोसुङमा सबै सिक्किमे समुदायले खुल्ला रूपमा पालन गरिने लोसुङ समारोहहरूमा सहभागि जनाउँदै साम्प्रदायिक सद्भावनाको विकासमा पनि पर्वले महत्वपूर्ण भूमिका निर्वाह गरेको मान्न सकिन्छ।
Posted inपरम्परा/संस्कृति समाचार