अमेरिका र इरान बीच सम्झौताको पुन: कार्यान्वयन सम्बन्धी आठौँ चरणको सम्झौता वार्ता आरम्भ

अमेरिका र इरान बीच सम्झौताको पुन: कार्यान्वयन सम्बन्धी आठौँ चरणको सम्झौता वार्ता आरम्भ

इरानको आणविक समस्या सम्बन्धी वृहत्त सम्झौता संयुक्त समिति मन्त्री स्तरीय सम्मेलन २७ तारिख भियनामा आयोजना गरिएको छ। त्यस सम्मेलनले अमेरिका र इरान बीचको सम्झौताको पुन: कार्यान्वयन सम्बन्धी आठौँ चरणको सम्झौता वार्तालाई आरम्भ गर्ने घोषणा गरेको छ। युरोपेली संघको वैदेशिक गतिविधि कार्यालयका उप महासचिव मोराले त्यस सम्मेलनको अध्यक्षता गर्नुभएको छ भने इरानका उप विदेश मन्त्रीसहित रूस, बेलायत, फ्रान्स र जर्मनीका सम्बद्ध पदाधिकारी पनि सहभागी भएका छन्। यसबाहेक, चीनका सम्झौता वार्ता प्रतिनिधि अर्थात् भियनाका लागि संयुक्त राष्ट्र र अन्य अन्तर्राष्ट्रिय संगठनका आवासीय प्रतिनिधि राजदूत वाङ छ्युनले प्रतिनिधि मण्डलको नेतृत्व गर्दै सम्मेलनमा भाग लिनुभएको छ।

राजदुत वाङका अनुसार, सातौँ चरणको सम्झौता वार्ताका सम्बन्धमा विभिन्न किसिमको व्याख्या मौजुद रहे तापनि चीनले सम्झौता वार्तामा सकारात्मक उपलब्धि प्राप्त भएको ठहर गरेको छ। विभिन्न पक्षसँगै मिलेर सम्झौता वार्ताको प्रक्रियालाई दृढताका साथ अघि बढाउँदै जान चीन इच्छुक रहेको पनि राजदुत वाङले बताउनुभएको छ।

Comments

No comments yet. Why don’t you start the discussion?

Leave a Reply

Your email address will not be published. Required fields are marked *