निर्मल पुर्जाको जीवनमा आधारित वृत्तचित्र १९१ देशमा एकसाथ रिलिज

निर्मल पुर्जाको जीवनमा आधारित वृत्तचित्र १९१ देशमा एकसाथ रिलिज

नेटफिल्क्सले पहिलोपटक नेपाली पात्र र कथामा बनाएको ‘फोर्टिन पिक्स : नथिङ इज इम्पोसिबल’ फिल्म हिजो सोमबार विश्वभर प्रिमियर भएको छ। एकसाथ ११९ मुलुकका २१ करोड पेड मेम्बरमाझ फिल्म स्ट्रिमिङ गरिने नेटफिल्क्सले जनाएको छ। दर्शकले ३१ भाषाबाट यो फिल्म हेर्न पाउने नेपाल खबर अनलाइनले लेखेको छ।

नेपाली कीर्तिमानी आरोही निर्मल पुर्जाको जीवनमा आधारित यो फिल्म गत साता काठमाडौंमा प्रिमियर गरिएको थियो। फिल्ममा पुर्जाले ६ महिनाभित्र विश्वका ८ हजार मिटरभन्दा अग्ला १४ हिमाल कसरी चढे भन्ने कथा प्रस्तुत गरिएको छ। धौलागिरी हिमालको फेदीमा जन्मिएका म्याग्दीका ३८ वर्षीय पुर्जाले २०७६ वैशाख १० गते अन्नपूर्ण हिमालबाट आरोहण यात्रा थाल्नु भएको थियो।

२०७६ कात्तिक १२ गते चीनको सिसापांगा हिमाल आरोहण गरेपछि उहाँको प्रोजेक्ट पोसिबल अभियान सम्पन्न भएको थियो।

 

cri

Comments

No comments yet. Why don’t you start the discussion?

Leave a Reply

Your email address will not be published. Required fields are marked *