फेशनवाल व्यक्तिहरूमाझ लोकप्रिय तिब्बती यात्रा फोटो-शूट

फेशनवाल व्यक्तिहरूमाझ लोकप्रिय तिब्बती यात्रा फोटो-शूट

केही समयअघि हान जातीय युवती ल्याउ ल्याङले ल्हासामा तिब्बती पोशाक लगाएर फोटो खिचिन् र उक्त फोटोहरूलाई सामाजिक सञ्जालमा राखिन्। यसपछि उनको त्यो पोस्टले १.२ लाख लाइक पायो भने यसको पहुँच ७७ लाख पुगेको देखियो। युवती ल्याउ ल्याङ तमिल भाषा बोल्नसक्छिन्। चीनमा तलिम भाषा बोल्नसक्ने चिनियाँहरूको संख्या तीसभन्दा पनि कम छ। भारतको दक्षिणी तलिमनाडु प्रदेशमा ल्याउ ल्याङका चालीस लाख जना फ्यान छन्। सामाजिक सञ्जालमा ल्याउ ल्याङका फोटोहरू देखेपछि भारतीय प्रयोगकर्ताले कमेन्टमा लेखे हरेक जातिको परम्परत र संस्कृति विशेष छ। परम्परागत पोशाकको सौन्दर्य समय बिते तापनि परिवर्तन हुनसक्दैन।

फेशनवाल व्यक्तिहरूमाझ लोकप्रिय तिब्बती यात्रा फोटो-शूट_fororder_1

ल्याउले छानेको फोटो स्टुडियो पोताला दरबार नजिकै रहेको २९ वर्षअघि स्थापित ट्राभल फोटो स्टुडियो थियो। व्यवस्थापक मन स्वानले भने,   “दश वर्षअघिसम्म ल्हासामा ट्राभल फोटो स्टुडियोहरू त्यति थिएनन् तर आज साना ठूला गरी स्टुडियोको संख्या सयौं पुगिसकेका छन्। तीमध्ये जोखाङ मन्दिर र भाकोर सडक वरिपरिका ट्राभल फोटो स्टुडियोको संख्या १०० भन्दा बढी पुगेको छ।”

८ लाख जनसंख्या भएको ल्हासामा यति धेरै ट्राभल फोटो स्टुडियो संचालनमा आउनुको मुख्य कारण विश्वका विभिन्न क्षेत्रका पर्यटकहरू हुन्। तिब्बत स्वायत्त प्रदेशीय पर्यटन विकास व्यूरोले सार्वजनिक गरेको तथ्याङ्क अनुसार, चालू वर्षको जनवरीदेखि जुन महिनासम्म तिब्बत भ्रमण गरेका चिनियाँ तथा विदेशी पर्यटकको संख्या १ करोड ७५ लाख ८० हजार पुगेको छ जुन गत वर्षको सोही अवधिको तुलनामा ११०.९ प्रतिशतले वृद्धि भएको छ। तिब्बतमा भेटिने नयाँ पर्यटकीय सेवा ट्राभल फोटो स्टुडियोको द्रुत विकासबाट तिब्बतको पर्यटकीय बजारको माग र आपूर्ति राम्रो अवस्थामा रहेको प्रतिविम्वित हुन्छ। चीनका केही शहरहरूमा कोभिड महामारी अवस्था देखा परेको सन्दर्भमा र विदेश भ्रमणमा पनि अवरोध रहेको पृष्ठभूमिमा तिब्बत नै चिनियाँहरू भ्रमण गर्ने लोकप्रिय ठाँउ बनेको छ।

फेशनवाल व्यक्तिहरूमाझ लोकप्रिय तिब्बती यात्रा फोटो-शूट_fororder_3

तिब्बतको पोताला दरबार, भाकोर सडक, पवित्र नदी र पहाडमा यात्रा शूट हाल फेशनवाल व्यक्तिहरूमा लोकप्रिय छ। हाल धेरै पर्यटकीय एजेन्सीहरूले यात्रा शूटलाई तिब्बतको पर्यटनको प्रचार-प्रसार गर्ने एक माध्यमको रुपमा राखेका छन्। हरेक वर्षको जुनदेखि अक्टोबरसम्म एक दिनमा फोटो स्टुडियोले बीस जोडीका लागि यात्रा शूट गर्ने गरेका छन्। यात्रा शूट तिब्बतमा लोकप्रिय भएको अर्को कारण तिब्बतको संस्कृति पनि हो। तिब्बती जातीय पोशाकको दीर्घकालीन इतिहास र विशेष शैली छ। यात्रा शूटका लागि प्रयोग गरिने तिब्बती जातीय पोशाकले परम्परागत जातीय विशेषतालाई कायम राख्नुका साथै रंग, शैली, र गहनामा ठूलो डिजाईन थपेको छ।

यात्रा शूट तिब्बतमा लोकप्रिय हुनुको तेस्रो कारण तिब्बतमा निलो आकाश, पवित्र पहाड, पवित्र ताल, तिब्बती मृग रहेको छ। केहीको विचार अनुसार, तिब्बतमा देखेको हरेक प्राकृतिक दृश्यलाई लेन्समा खिच्नसकिन्छ। भाकोर सडक, पोताला दरबारआदि दृश्य स्थलहरूमा फोटो खिच्नेबाहेक, तिब्बतको पर्यटन क्षेत्रमा काम गर्ने व्यक्तिहरूले पवित्र ताल नामत्सोमा यात्रा शूट सेवाको विकास गरेका छन्।

साथै एक महिनाअघि तिब्बतमा ल्हासा-लिनची रेलमार्ग संचालनमा आएपछि तिब्बतको पर्यटनमा तीव्र रूपमा आवतजावत बढेको छ र अझ धेरै ठाँउमा घुम्न सकिने नयाँ चरणमा पुगेको छ। यस्तो नयाँ परिवर्तनबाट तिब्बतको ट्राभल फोटो स्टुडियोको लागि अझ बढी मौका प्रदान गरिने विश्वास छ। तिब्बतको पर्यटन हवाई, रेल, र राजमार्गमा भर परी नयाँ ढाँचाको पर्यटकीय उपलब्धि हासिल गर्ने छ। तिब्बतको पर्यटन नयाँ चरणमा प्रवेश भएको छ। यसले यात्रा शूटका लागि नयाँ व्यापारिक मौका उपलब्ध गराउने छ।

Comments

No comments yet. Why don’t you start the discussion?

Leave a Reply

Your email address will not be published. Required fields are marked *