प्रदेश–४ सरकारले २०१९ लाई ‘आन्तरिक पर्यटन वर्ष’ र २०२० लाई ‘छिमेकी देश पर्यटन वर्ष’ को रुपमा प्रवर्द्धन गर्ने

प्रदेश–४ सरकारले २०१९ लाई ‘आन्तरिक पर्यटन वर्ष’ र २०२० लाई ‘छिमेकी देश पर्यटन वर्ष’ को रुपमा प्रवद्र्धन गर्ने योजना अघि सारेको छ । त्यस्तै २०२२ लाई ‘बृहत अन्तर्राष्ट्रियस्तरको ‘पोखरा पर्यटन वर्ष’ सञ्चालन गर्ने प्रदेश सरकारले नीति तथा कार्यक्रम ल्याएको छ।

प्रदेश सरकारले सार्वजनिक गरेको प्रदेशको पहिलो नीति तथा कार्यक्रममो पर्यटन क्षेत्रलाई प्रखुमता दिने उल्लेख छ। प्रदेशको समृद्धिको मूल आधार नै ‘पर्यटन’ व्यवसाय भएको ठहर गर्दै नयाँ योजना ल्याएको प्रदेश सरकारले जनाएको छ। त्यसले प्रदेशलाई समृद्ध बनाउन सघाउने सरकारको भनाइ छ।

प्रदेश समृद्धिको मुख्य आधार नै पर्यटन भएकाले प्रवर्द्धनात्मक गतिविधि गर्ने र पर्यटनका सम्भावित गन्तव्य पहिचान गर्ने काम भइरहेको प्रदेशको वन, पर्यटन तथा वातावरण मन्त्रायलले जनाएको छ। मन्त्रालयका उपसचिव दिवाकर पौडेलका अनुसार सन् २०१९ लाई आन्तरिक पर्यटन वर्ष मनाउने गरी अहिले गन्तव्य पहिचान र सम्भावित होमस्टेबारे अध्ययन भइरहेको बताउनुभयो। पोखरामा आन्तरिक पाहुनाको आगमन यत्ति नै संख्यामा हुन्छ भनेर कसैले तथ्यांक नराखेपनि वर्षमा करिब ६ लाख पाहुना पोखरा भित्रिने अनुमान छ। २०२० लाई छिमेकी देशबाट पर्यटक आकर्षित गर्न ‘छिमेकी देश पर्यटन वर्ष’को योजना प्रदेश सरकारले नीतिमा छ। पर्यटन बोर्डका अनुसार अहिले नेपालमा दुई छिमेकी (भारत र चीन)को पाहुनाको योगदान ठूलो छ । नेपालमा चिनियाँ पाहुनाको संख्या वार्षिक एक लाखभन्दा बढी रहेको नागरिकन्यूज डटकमले जनाएको छ।

Comments

No comments yet. Why don’t you start the discussion?

Leave a Reply

Your email address will not be published. Required fields are marked *