सन् १९७० देखि नै दुर्लभ मानिएको अति संकटापन्न जीव घडियाल गोहीको संरक्षणका लागि नेपालमै पहिलोपटक पूर्वी नवलपरासीको रजहरमा घडियाल काव्य उत्सव गर्न लागिएको छ। ‘प्रकृतिसँग साहित्यः घडियाल काव्य उत्सव’ यही वैशाख ७ र ८ गते गर्ने तयारी अन्तिम चरणमा पुगेको आयोजक ह्याप्पी एफएम, नवलपरासीले जनाएको छ।
अति संकटापन्न जीव घडियाल गोहीको साहित्यमार्फत संरक्षणका लागि ‘प्रकृतिसँग साहित्य’ भन्ने मूल नारासहित घडियाल काव्य उत्सव आयोजना गर्न लागिएको ह्याप्पी एफएमका प्रबन्ध निर्देशक दीपेश कडरियाले जानकारी दिनुभयो।
नवलपुरको पर्यटन सम्भावनालाई उजागर गरी आन्तरिक र बाह्य पर्यटकमाझ साहित्यमार्फत घडियाल गोहीको प्रचारप्रसार गरी संरक्षणमा निरन्तरता दिने काव्य उत्सवको उद्देश्य छ।
नेपाली साहित्यको श्रीवृद्धि र सम्वद्र्धनमा टेवा पु¥याउने, ओझेलमा परेका साहित्यकारलाई एउटै थलोमा जोड्ने वातावरण बनाउनु र नयाँ पुस्तालाई साहित्यको क्षेत्रमा थप अगाडि ल्याउने वातावरणको सिर्जना गर्ने कार्यक्रमको लक्ष्य रहेको आयोजकले जनाएका छन्।