चालू वर्षको वसन्त चाडको अवधिमा मानिसको हिसाबबाट हेर्दा 35 करोड 60 लाख चिनियाँको भ्रमण

चिनियाँ राष्ट्रिय पर्यटन व्यूरोले 21 तारिख सार्वजनिक गरेको तथ्यांकअनुसार, चालू वर्षको वसन्त चाडको अवधिमा चीनको विभिन्न क्षेत्रले मानिसको हिसाबबाट हेर्दा 38 करोड 60 लाख पर्यटकको स्वागत गरेको छ, जुन गत वर्षको सोही अवधिको तुलनामा 12.1 प्रतिशतले बढी हो। पर्यटनको आम्दानी 4 अर्ब 75 अर्ब चिनियाँ युआन पुगेको छ र गत वर्षको सोही अवधिको तुलनामा 12.6 प्रतिशतले वृद्धि भएको छ।

वसन्त चाडको अवधिमा परम्परागत दृश्य क्षेत्रहरू निरन्तर रुपमा लोकप्रिय हुनुका साथै होमस्टे, मनोरञ्जनात्मक सडक, विशेषतायुक्त बस्तीआदि नयाँ पर्यटकीय उत्पादित-वस्तुहरूमा पनि पर्यटकद्वारा चासो लिइएको छ।

वसन्त चाडको अवधिमा चिनियाँ पर्यटकहरू चीनका करीब दुई सय वटा शहरबाट विश्वका 68 वटा मुलुक तथा क्षेत्रमा पुगेका छन्। दक्षिण-पूर्वी एशियाका मुलुकहरू वसन्त चाडको अवधिमा सबैभन्दा बढी चिनियाँ पर्यटकहरू पुगेका गन्तव्य भएका छन्।

Comments

No comments yet. Why don’t you start the discussion?

Leave a Reply

Your email address will not be published. Required fields are marked *