उत्तर कोरियाली उच्चस्तरीय प्रतिनिधि मण्डलले हिउँदे ओलम्पिक खेलकुदको समापन समारोहमा भाग लिने-दक्षिण कोरिया

दक्षिण कोरियाली एकता मन्त्रालयबाट प्राप्त जानकारीअनुसार, दक्षिण कोरियाको भ्रमण गर्नुका साथै हिउँदे ओलम्पिक खेलकुदको समापन समारोहमा सहभागी हुनका लागि उत्तर कोरियाले 25 तारिख कोरियाली श्रमिक पार्टी केन्द्रिय समितिका उपाध्यक्ष किम य्वङ्ग चओलको नेतृत्वमा रहेको उच्चस्तरीय प्रतिनिधि मण्डल पठाउनेछ।

सोहि दिन दक्षिण कोरियाली एकता मन्त्रालयले उत्तर कोरियाबाट उक्त सूचना पाएको हो। उच्चस्तरीय प्रतिनिधि मण्डलको भ्रमण तीन दिन चल्नेछ।

हिउँदे ओलम्पिक खेलकुदको समापन समारोहमा उत्तर कोरियाली प्रतिनिधि मण्डलको सहभागिताले प्रायद्वीपको शान्ति प्रक्रियालाई घच्घच्याउन सहयोगी हुनेछ। त्यसैले दक्षिण कोरियाले उत्तर कोरियाली प्रतिनिधि मण्डलको भ्रमण योजना स्वीकृत गरेको छ। साथै दुई पक्षले प्रतिनिधि मण्डलको अरु भ्रमण योजनाबारे पनि छलफल गर्नेछन्।

Comments

No comments yet. Why don’t you start the discussion?

Leave a Reply

Your email address will not be published. Required fields are marked *