कृषिजन्य उत्पादित वस्तुको प्रदर्शनी मेला हुँदै

नेपाल एकीकृत व्यापार रणनीतिमा समावेश १९ प्रकारका कृषिजन्य उत्पादित वस्तुको प्रदर्शनी गर्दै प्रदेशस्तरीय व्यापार तथा कृषि मेला सहितको महोत्सवको अयोजना गरिनेभएको छ। बुधबार उद्योग वाणिज्य संघ, धनकुटाले पत्रकार सम्मेलनमा आगामी फागुन २० देखि ३० गतेसम्म हुने व्यापार मेलामा विशेष आकर्षणका १५० स्टल रहने जनाएको गोरखापत्रले लेखेको छ।

चौथो प्रादेशिक औद्योगिक व्यापार मेला तथा कृषि प्रदर्शनीमा ‘कृषि, पर्यटन, स्वास्थ्य, शिक्षा, स्वरोजगार, समुन्नत प्रदेश नं १ को आर्थिक विकासको आधार’ भन्ने मूलनारा तय गरिएको महोत्सव आयोजक समितिले जनाएको छ। एकसय स्टल अग्रिम बुकिङ भइसकेको स्टल तथा बालउद्यान व्यवस्थापन समितिका संयोजक रोशन श्रेष्ठले बताउनुभयो।

महोत्सवमा नेपाल एकीकृत व्यापार रणनीति ९एनटिआइएस० मा समावेश वस्तु, ओद्यौगिक, व्यापारिक, हस्तकला, कृषि तथा जडीबुटी, घरेलु उद्योगबाट उत्पादित वस्तु प्रदर्शनीमा राखिनेछ। स्थानीय जातजतिका कला–संस्कृति झल्काउने कार्यक्रम एवं परिकारसमेत प्रदर्शनीमा राखिने मूल आयोजक समिति धनकुटा उद्योग वाणिज्य संघका अध्यक्ष उमेश घिमिरेले बताउनुभयो

मुख्य आकर्षणका रुपमा व्यापार तथा निकासी प्रवर्द्धन केन्द्र (एनटिआइएस) समावेश अलैँची, अदुवा, अल्लो, ओलन लगायतका १९ वटा कृषिजन्य वस्तु र पूर्वाञ्चलका १४ वटा जिल्लाका उत्कृष्ट उद्योगबाट उत्पादित वस्तुका स्टल रहनेछन्।

Comments

No comments yet. Why don’t you start the discussion?

Leave a Reply

Your email address will not be published. Required fields are marked *