रुसका विदेश मन्त्री सेर्गेइ लाभरोभले बीस तारिख रुसले पाकिस्तानसँग आतंकवाद विरोधको क्षेत्रमा सहयोग बढाउने र मध्य एशियामा उग्रवादी संगठन “इस्लामिक स्टेट”को बाँकी शक्तिमाथि प्रहार गर्ने अपेक्षा लिएको कुरा बताउनुभएको छ।
रुसको विदेश मन्त्रालयको वेभसाइटले सोही दिन सार्वजनिक गरेको सूचनाअनुसार, लाभरोभले रुसको भ्रमणमा रहनुभएका पाकिस्तानका विदेश मन्त्री ख्वावाजा असिफसँग भेटवार्ता गर्नुभएपछि स्थानीय सञ्चार-माध्यमसँग कुराकानी गर्दै रुसले पाकिस्तानलाई आतंकवाद प्रतिरोध क्षमतालाई माथि उकास्ने आशा लिएको कुरा बताउनुभयो।
यसका साथै लाभरोभले पाकिस्तान गत वर्ष शांगहाई सहयोग संगठनको सदस्य मुलुक बनेपछि शांगहाई सहयोग संगठनको विभिन्न कार्यमा सक्रियताका साथ संलग्न भएको कुरा बताउनुभयो।