आज फिल्म ‘आमा’  को टेलर रिलिज

आज फिल्म ‘आमा’ को टेलर रिलिज

आज काठमाण्डौ स्थित राइजिङ्ग मलमा फिल्म ‘आमा’  को टेलर रिलिज हँुदैछ । फिल्म आमा नेपालको पहिलो फिल्म पनि हो । पशुपति पशुप्रसाद का कथाकार तथा निर्देशन दिपेन्द्र के खनाल कृत ‘आमा’ हो । अहिले फेरी यो फिल्मलाई उनै दिपेन्द्र के खनालले लिएर आएका छन् । दिपेन्द्र यो फिल्मको छायाँकार लेखक र निर्देशक पनि हुन् र निर्माता चाहिँ शर्मिला पाण्डे हुन्

आमाको रोलमा मिथिला शर्माले अभिनय निभाएकी छन् । र छोरीको रोलमा सुरक्षा पन्तले खेलेकी जन् । दिपेन्द्रले भने मैले यो फिल्म रियल देखियोस भनेर मैले धेरै मिहनेत गरेको छु । शर्मिला पाण्डेले भनिन् म एक आमा पनि हँु त्यसैले पनि मैले यो फिल्म बनाएको हो ।

मिथिला शर्माले भन्नुभयो मलाई सवैले दिदी भन्थे तर आज देखि मेरो उपनाम आमा भएको छ । मलाई धेरै खुसी लागेको छ । वहाँको व्याडलक हो वहाँ हजुरआमा बन्नु भयो म चाहिँ आमा भएँ ।

 

सुरक्षा पन्तले भनिन् यो फिल्म गर्दा मलाई यो क्यारेक्टर बाट बाहिर निस्कन गाह्रो भयो । अरु फिल्म लेख्दा भन्दा यसमा चरम आनन्द लाग्यो, यो फिल्म गर्दा मैले आफ्नो कपाल काट्दा भकानो भएर रुन्छु जस्तो लाग्यो ।

सुरक्षा भावुक भइन र रोइन पनि । आफ्नो कपाल खौरिंदा को अनुभाव पनि भनिन् ।

यस फिल्ममा कलाकारहरु मिथिला शर्मा सुरक्षा पन्त, सरिता गिरी, देशभक्त खनाल आदि रहेका छन् ।

Comments

No comments yet. Why don’t you start the discussion?

Leave a Reply

Your email address will not be published. Required fields are marked *