
चिनियाँ कम्युनिष्ट पार्टी केन्द्रीय समितिका महासचिव, राष्ट्राध्यक्ष, केन्द्रीय सैन्य आयोगका अध्यक्ष सी चिन फिङ मकाउ मातृभूमिमा फर्केको २०औँ वार्षिकोत्सवसम्बन्धी कार्यक्रममा उपस्थित हुन मकाउ पुग्नुभएको छ।
मकाउको विमान स्थलमा सी चिन फिङले सम्बोधन गर्दै मकाउ मातृभूमि फर्केको बीस वर्षमा भएको विकास उपलब्धिबारे मातृभूमिका जनता र केन्द्रीय सरकारलाई गौरव लागेको बताउनुभयो। मकाउ विशेष प्रशासन क्षेत्रले एक देश दुई व्यवस्था नीतिको पालना गर्ने अनुभव र विशेषताको प्रशंसा गर्न लायक भएको सीले बताउनुभयो।

सी चिन फिङले मकाउ मातृभूमि फर्केको बीस वर्षको उपलक्ष्यमा समस्त जनताका लागि ख्याल गरेको महत्वपूर्ण गतिबिधि हो भन्दै आफूले केन्द्रीय सरकार र मातृभूमिका विभिन्न जातिका जनताको तर्फबाट मकाउ देशबन्धुलाई हार्दिक शुभकामना ज्ञापन गर्न चाहेको उल्लेख गर्नुभयो।
सन् १९९९ को डिसेम्बर २० तारिख चिनियाँ सरकारले मकाउको सार्वभौमिकता पुनः फिर्ता ल्याएको हो। बीस वर्षदेखि “एक देश दुई व्यवस्था”को सफल रुपमा कार्यान्वयन हुँदै यो शहर द्रुग गतिले विकसित भइरहेको छ। सन् १९९९ मा मकाउको उत्पादन कूल रकम ५१ अर्ब ९० करोड मकाउ पटाका थियो। सन् २०१८ मा मकाउको उत्पादन कूल रकम ४ खर्ब ४४ अर्ब ७० करोड मकाउ पटाका पुगेको छ।
