नेपालको र सिक्किमको साइनो बलियो बनाउन मेची पर्यटन महोत्सव 2076 को निम्तो

नेपालको र सिक्किमको साइनो बलियो बनाउन मेची पर्यटन महोत्सव 2076 को निम्तो

गान्तोक, 17 डिसेम्बर। छिमेकी राष्ट्र नेपालको पूर्वीय भू-भाग अर्थात प्रदेश नम्बर एकमा पर्ने चर्चित धार्मिक पर्यटकीय गन्तव्य माथीभरा देवीको दर्शन गर्न पुग्ने नेपालकै चौथो सबैभन्दा धेरै पर्यटक सिक्किम-दार्जीलिङका श्रद्धालुहरू रहेको भन्दै नेपाल सरकारले लक्षित गरेको नेपाल भ्रमण वर्ष 2020 को निम्ति सिक्किमेलीहरूलाई निम्तो गर्न गान्तोक आइपुगेका छन् पाथीभरा माराथन तता मेची पर्यटन महोत्सव मूल समारोह समिति, ताप्लेजुङका प्रतिनिधिहरू। आगामी फेब्रुवरी 21 देखि 25 सम्म आयोजन हुने पाथीभरा म्याराथन र मेजी पर्यटन महोत्सवका संयोजक तारानाथ घिमिरेको नेतृत्वमा सिक्किम आइपुगेका प्रतिनिधिहरूले प्रेस क्लब अफ् सिक्किममा पत्रकार सम्मेलन आयोजन गरेर सिक्किमेली पाथीभरा देवीका भक्तगण र देशाटन रूचाउनेहरूलाई ताप्लेजुङमा स्वागत जनाएका छन्।
यसैक्रममा उनीहरूले कार्यक्रमबारे जानकारी दिँदै ताप्लेजुङ बजारको आकर्षक सजावट सहिते कलश यात्राबाट कार्यक्रमको शुभारम्भ गरेर पाथिभरा अन्तरराष्ट्रिय माराथन प्रतियोगिता 48 किलोमिटरको आयोजन गरिने बताए। यसैगरि विश्वको तेस्रो सर्वोच्च हिमशिखर कञ्चनजङ्गा लागयत पर्यटकीय क्षेत्रको हेलिकप्टर अवलोकन, प्यारा ग्लाइजडिङ, पर्यटकिय क्षेत्रको वृत्तचित्र , फोटो चित्र प्रदर्शन, फुङफुङे झरना अवलोकन, भेडीगोठ अवलोकन र चौरी प्रदर्शन, कृषि तथा औद्योगित उत्पादन प्रदर्शन, स्थानीय खाद्य परिकार महोत्सव, लोक झाँकी, अन्तरराष्ट्रियस्तरको बुद्धिचाल प्रतियोगिता. मेयरकप भलिबल प्रतियोगिता तता राष्ट्रिय था स्थानीय कलाकारहरूको विविध साँस्कृतिक प्रस्तुति रहने संयोजक घिमिरे बताउँछन्।
उनले भने पाथीभरा नेपालको एक प्रसिद्ध तिर्थस्थलहो। शक्तिकि स्वरूप देवीको आराधना गर्ने भक्तजनहरूको लागि यो महत्वपूर्ण धार्मित थलो हो। यो पवित्र स्थल 3794 मिटरको उच्चाईमा अन्नले भरिएको पाथी झैँ सुन्दर र मनमोहक आकृति बोकेको पाहाडको शिखरमा छ। यस वर्षको तत्य़ाङ्क अनुसार सन् 2019 मा गत 11 महिनामा तीन लाख भन्दा धेरै तिर्थयात्री पाथिभरा पुगेका छन्। उनले भने, हाम्रो तथ्य अनुसार नेपालको पूर्वी जिल्ला मोरङ, झाप पछि धेरै संख्यामा सिक्किमका नागरिक पाथीभरा दर्शनमा जाने गरेका छन्। दार्जीलिङ, असम, मणिपुराबटा पनि उलेख्य संख्यामा तिर्थयात्रीहरू जाने गरेको पाइन्छ। यस महोत्सवमा सिक्किमका मुख्यमन्त्री पीएस तामाङलाई पनि निम्तो गरिने तथा उनले यो भन्दा पहिले पनि भ्रमण गरिसकेको संयोजक घिमिरेले बताए। उनीहरू अहिले सिक्किम समेत यस क्षेत्रका वासिन्दालाई महोत्वको जानकारी गराइ महोत्वमा ताप्लेजुङ आइदिने आग्रह गर्नआएको बताए। उनको साथमा महासचिव सुरेश लिम्बु, नारायण थापा, लक्ष्मी काफ्ले, नविन निरौला समेत अन्यको दलले सिक्किमे पर्यटकलाई निम्ता गर्ने कार्य गरिरहेका छन्।