
राष्ट्रिय उन्नत निवृत्तिभरण समूह तथा व्यक्ति प्रशंसा सम्मेलन डिसेम्बर १६ तारिख पैचिङ्गमा आयोजना भएको छ। सो अवसरमा चिनियाँ कम्युनिष्ट पार्टीको केन्द्रीय समितिका महासचिव,राष्ट्राध्यक्ष एवं केन्द्रीय सैन आयोगका अध्यक्ष सी चिनफिङले जन बृहत सभाभवनमा उन्नत समूह तथा व्यक्तिसँग भेट गर्नुभएको छ। उहाँले ती व्यक्तिहरुलाई हार्दिक शुभकामना दिँदै उहाँहरुले गौरवशाली इतिहासलाई माया गर्दै निरन्तर रुपमा जन गणतन्त्र चीनको महान पुनःरुत्थानको चिनियाँ सपनाका लागि सकारत्मक योगदान सिर्जना गर्ने आशा व्यक्त गर्नुभएको छ।
चिनियाँ कम्युनिष्ट पार्टीको केन्द्रीय समितिको राजनीतिक व्युरोका सदस्य एवं केन्द्रीय समितिका संयोजन मन्त्री छन सीले उक्त सम्मेलनलाई सम्बोधन गर्नुभएको छ। उहाँले सी चिनफिङ नयाँ गुगको चिनियाँ विशेषतायुक्त समाजवादी सिद्धान्तलाई गहन बनाउँदै शक्तिशाली रुपमा पुरानो व्यक्तिको उदात्त भावनाको प्रचारप्रसार गर्नुपर्ने औँल्याउनुभयो। साथै उहाँले कम्युनिष्ट पार्टीका समस्त सदस्यलाई प्राराम्भिक विचार नबिर्सिकन आफ्नो कार्यभारमा योगदान सिर्जना गर्न प्रोत्साहन पनि गर्नुभएको छ।