अमेरिकाले दुई चिनियाँ कुटनीतिज्ञलाई निष्काशन गरेकोमा चीनको विरोध

Mahabhoj

अमेरिकी सञ्चार माध्यमले डिसेम्बर १५ तारिख जनाएअनुसार अमेरिकी सरकारले यस वर्षको सेप्टेम्बरमा गोप्य रुपमा अमेरिकाका लागि चिनियाँ राजदूताबासका दुई जना पदाधिकारीलाई निष्काशन गरेको छ।

निष्काशन गर्नुपर्ने कारणमा ती दुई जनाले गाडी चढेर अमेरिकाको भर्जिनियाको एक सैन्य आधारमा प्रवेश गरेको बताइएको छ। चिनियाँ परराष्ट्र मन्त्रालयका प्रवक्ता कङ श्वाङले आज डिसेम्बर १६ तारिख नियमित पत्रकार सम्मेलनमा उक्त कुराका जवाफ दिनुभएको छ। उहाँका अनुसार अमेरिकाको उक्त निहुँ खोजेर गम्भीर रुपमा वास्तविकताको उल्लङ्घन गरेको छ।

चीनले अमेरिकालाई गम्भीर सम्पर्क गर्दै कडा विरोध गरेको छ। उहाँले अमेरिकालाई फेरि सम्झाउनु भएअनुसार भियना कुटनीतिक सम्बन्ध सन्धिबमोजिम राष्ट्र र राष्ट्रबीच एकले अर्काको कुटनीतिज्ञलाई सुविधा तथा प्रत्याभूति प्रदान गर्नु नै एक आपसी सम्बन्धको आधार हो।

Comments

No comments yet. Why don’t you start the discussion?

Leave a Reply

Your email address will not be published. Required fields are marked *