
फिल्म ‘म यस्तो गीत गाउँछु २’ को ‘तिम्रो घरको वरिपरी’ बोलको पहिलो गीत सार्वजनिक भइसकेको छ ।
रामजी लामेछानेले कोरियोग्राफी गरेको रोमान्टिक गीतमा नायिका पूजा शर्मा र नायक पल शाह फिचर्ड छन् । यो गीत रिलिज भएको २४ घण्टा नबित्दै युट्युब ट्रेन्डिङमा प्रवेश गरेको थियो । सकारात्मक प्रतिक्रिया बटुल्दै गीत युट्युब ट्रेन्डिङ १ नम्बरमा पुगेको छ । ८ हजार भन्दा बढि दर्शकको प्रतिक्रिया बटुलिसकेको गीतमा अधिकांसले पल र पुजाको काम, लोकेशन र कोरियोग्राफीलाई मन पराएका छन् । अर्जुन पोखरेलको शब्द तथा संगीत रहेको गीतमा सोनम तोप्देन र अस्मिता अधिकारीको स्वर छ । यो गीतको छायांकन करिब ७ दिन लगाएर नेपाल र भारतको सिमानामा पर्ने सन्दकपुर गाउँ, पानीटारको चियाबारी, इलाम, पाँचथर लगायतका स्थानमा गरिएको छ ।
सुदर्शनको निर्माण तथा निर्देशनमा तयार भएको फिल्मको कथा शिवम अधिकारी र दिनेश न्यौपाने मिलेर तयार पारेका हुन् । फिल्ममा पूजा र पलसँगै दिनेश डीसी, हरिहर शर्मा लगायतका कलाकारको पनि अभिनय छ । सौरभ लामाले खिचेको फिल्मलाई बनिष शाह र मिलन श्रेष्ठले सम्पादन गरेका छन् ।